ज्योति लाइफको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति ?

ज्योति लाइफको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति ?

केन्द्रबिन्दु
0
Shares

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार सूचीकृत भएको छ ।

कम्पनीले सार्वसाधारणलाई निष्काशन गरेको ६६ लाख कित्तासहित २ करोड २० लाख  कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेले सूचीकरण सम्झौता भएको दोस्रो दिन अर्थात भोली बुधबारदेखि कम्पनीको शेयर नेप्सेमा कारोबारमा आउने भएको छ ।

नेप्सेले कम्पनीको शेयरलाई जेएलआई कारोबार संकेत दिएको छ भने पहिलो कारोबारको लागि नेप्सेमा १२० रुपैयाँ २९ पैसा देखि ३६० रुपैयाँ ८७ पैसा ओपनिङ्ग रेन्ज तोकिएको छ । ओपनिग्ङ रेन्ज अनुसार बुधबारको कारोबार खुल्नेछ ।

Skip This
Skip This
Logo