1
1
1
1
1

टेलिकमले आगामी माघभित्र देशभर फोरजी सेवा विस्तार गर्ने

1
1
1
1
1
1

काठमाडौं

नेपाल टेलिकमले आगामी माघभित्र देशभर फोरजी सेवा विस्तार गर्ने भएको छ । कम्पनीले विस्तार गर्न लागेको फोरजी एलटीई आयोजना, मध्य पहाडी लोकमार्ग अप्टिकल फाइबर आयोजना, एफटीटीएच सेवा विस्तार र गुणस्तर सुधार लगायतको विषयमा बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

सातै प्रदेशमा सेवा विस्तारको लागि गत माघ २० मा तीन वटा सम्झौता भएको र सम्झौता अनुसार एक वर्षमा काम सम्पन्न हुने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो ।

जसको लागि कोर नेटवर्कका लागि चीनको जेडटीई कर्पोरेसन तथा नेटवर्क १ र नेटवर्क २ का लागि हङकङको सीसीएसआईलाई विस्तारको जिम्मेवारी टेलिकमले दिएको छ । फोरजी सेवा विस्तारका लागि कम्पनीले टेन्डरको काम सकेर हाल साइट सर्भेको काम ६० प्रतिशत सकिसकेको जनाएको छ ।

फोरजी एलटीई सञ्चालनको लागि दुईवटा नेटवर्क बनाइएको टेलिकमले जनाएको छ । फोरजी एलटिइ आयोजनामार्फत मुलुकभर ६५ लाख जनाको पहुँचमा पुग्ने टेलिकमको दाबी छ । कम्पनीले पहिलोपटक २०७३ पुस १७ गते काठमाडौं उपत्यका र पोखराबाट फोरजी सेवा शुरु गरेको थियो । हाल अधिकतम डाटा स्पिड ३२ एमबीपीएस रहेकोमा टेलिकमले नयाँ परियोजनामार्फत क्षमता विस्तार गरी एक सय ३० एमबीपीएसको स्पिड दिन सक्ने टेलिकमले दाबी गरेको छ ।

प्रकाशित: ६ बैशाख २०७६ ०९:०४ शुक्रबार

1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी