बढ्यो सुनको मूल्य, कति छ आज ?

बढ्यो सुनको मूल्य, कति छ आज ?

केन्द्रबिन्दु
0
Shares

नयाँ वर्षको पहिलो कारोबार बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। चैत ३१ गते १ सयले घटेको सुन आज ३ सयले बढेको हो। सोमबार १ सयले नै बढेको थियो।

गत साता आइतबार स्थिर रहेको सुनको भाउ सोमबार २ सयले घटेको थियो। त्यस्तै मंगलबार ३ सयले बढेको थियो। बुधबार ५ सयले बढेको सुन बिहीबार भने एक हजारले बढेको थियो। शुक्रबार भने ९ सयले बढेको थियो।

आज छापावाला सुनको प्रतितोला ८९ हजार ८ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ८९ हजार ३५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

चाँदीको मूल्य भने आज ३० रुपैयाँले बढेको छ। आज चाँदी तोलामा एक हजार २९० मा कारोबार भइरहेको छ।

Skip This
Skip This
Logo