सोमबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन आज ३ सयले बढेको हो। आइतबार पनि २ सयले बढेको थियो ।
गत हप्ता शुक्रबार सुन सात सयले बढेको थियो । बिहीबार ३ सयले बढेको थियो ।
आज छापावाला सुनको प्रतितोला ९१ हजार मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार ५ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
चाँदीको मूल्य भने आज पनि स्थिर छ। आज चाँदी तोलामा एक हजार ३०० मा कारोबार भइरहेको छ।





























प्रतिक्रिया