सिभिल बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा सुनिलकुमार पोखरेल नियुक्त

सिभिल बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा सुनिलकुमार पोखरेल नियुक्त

केन्द्रबिन्दु
0
Shares

सिभिल बैंकले कामु प्रमुख कार्यकारी अधिकृतमा सुनिलकुमार पोखरेललाई नियुक्त गरेको छ। पोखरेल यसअघि बैंकको नायब प्रमुख कार्यकारी अधिकृत थिए।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले पदबाट राजीनामा गरेपछि बैशाख ५ गते बसेको बैंक सञ्चालक समिति बैठकले पोखरेललाई व्यवस्थापन नेतृत्वको जिम्मेवारी दिएको छ। 

बैंकले गुरुङको राजीनामा बैशाख १८ गतेबाट लागू हुने गरी स्वीकृत गरेको छ। त्यसपछि पोखरेलले कामु प्रमुख कार्यकारीको जिम्मेवारी सुरु गर्नेछन्। 

पोखरेल अहिले नायब प्रमुख कार्यकारी अधिकृत छन्। पोखरेल अनुभवी बैंकर हुन्। उनीसँग विदेशस्थित बैंकदेखि नेपालमै रहेको विदेशी बैंकमा काम गरेको अनुभव छ। उनले सन् १९९१ बाट बैंकिङ करिअर सुरु गरेका हुन्। तत्कालिन ग्रिण्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकमा उनले १९ वर्षभन्दा बढी कामको अनुभव रहेको छ।

गुरुङ म्यानमारको एक बैंकमा सिइओ नियुक्त भइसकेकाले यसअघि नै राजीनामा दिएका थिए । उनी नेपालबाट विदेशी बैंकको पहिलो प्रमुख कार्यकारी अधिकृत पदमा पहिलो नेपाली बन्न लागेका छन्।

Logo