एकै दिन १३ सयले बढ्यो सुनको मूल्य, कति छ आज ?

एकै दिन १३ सयले बढ्यो सुनको मूल्य, कति छ आज ?

केन्द्रबिन्दु
0
Shares

बुधबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ। सुन आज १३ सयले बढेको हो। मंगलबार ३ सयले घटेको थियो भने सोमबार ३ सयले बढेको थियो। आइतबार पनि सुन २ सयले बढेको थियो।

गत हप्ता शुक्रबार सुन सात सयले बढेको थियो। बिहीबार ३ सयले बढेको थियो ।

आज छापावाला सुनको प्रतितोला ९२ हजार मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९१ हजार ५ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

चाँदीको मूल्य भने आज १० रुपैयाँले बढेको छ। आज चाँदी तोलामा एक हजार ३१० मा कारोबार भइरहेको छ।

Logo