सरकारले ६५ अर्बभन्दा बढी रकम भुक्तानी नदिएको निर्माण व्यवसायीको गुनासो

सरकारले ६५ अर्बभन्दा बढी रकम भुक्तानी नदिएको निर्माण व्यवसायीको गुनासो

केन्द्रबिन्दु
0
Shares

निर्माण व्यवसायीहरुले सरकारले आफूहरुको ६५ अर्ब भन्दा बढी रकम भुक्तानी नदिएको गुनासो गरेका छन्।

नेपाल निर्माण व्यवसायी महासंघले बुधबार पत्रकार सम्मेलन आयोजना गरी सरकारबाट विभिन्न आयोजनामा परिपक्व भएको बिल बापतको ६५ अर्ब रुपैयाँ बढी रकम पाउन बाँकी रहेको बताएका हुन्। कतिपय आयोजनाको म्याद थप नगरिदिएको कारण परिपक्व भएको बिल भुक्तानीका लागि पेस गर्न नपाएको समेत उनीहरुको भनाइ छ। 

महासंघका अध्यक्ष रवि सिंहले चालु आर्थिक वर्षमा म्याद थप नभएका आयोजनामा मात्रै ६५ अर्ब रुपैयाँ बढी भुक्तानी लिन बाँकी रहेको बताएका हुन् । त्यस बाहेक पनि भुक्तानीका लागि माग भएको अवस्थामा समेत भुक्तानी नभएको उनले बताए। समय अवधि पुरा भएका आयोजनाको म्याद थप नभएको अवस्थामा कानूनी रुपमा नै निर्माण कम्पनीले बिल पेस गर्न नपाउने हुँदा रकम निकाशाका लागि माग गर्न नसकेको बताए। 

सरकारले आयोजनाको म्याद थप नगर्ने र भुक्तानी पनि नहुने स्थिति आएमा आफूहरु सडक आन्दोलन गर्न बाध्य हुने पनि अध्यक्ष सिंहले बताए। म्याद सकिएका कुनैपनि आयोजनाको तत्काल म्याद थप गर्न पनि माग गरे। 

पत्रकार सम्मेलनमा महासंघको २२ औं साधारणसभाले जारी गरेको ४१ बुँदे घोषणा पत्र सार्वजनिक गरिएको छ। जसमा ‘सार्वजनिक खरिद ऐन–२०६३’का कतिपय प्रावधनलाई संशोधन गरिनुपर्ने माग रहेको छ। 

Logo