आइतबार र सोमबार लगातार रुपमा १४० अंकले गिरावट आएको शेयर बजार मापक नेप्से परिसूचकमा मंगलबार हरियाली छाएको छ।
सोमबार कोरोना महामारीका कारण लकडाउन हुने हल्लाले शेयर बजार घटेको थियो । तर मंगलबार भने निषेधाज्ञामा घोषणा भए पनि शेयर बजार बन्द नहुने भएपछि लगानीकर्ताहरुको आकर्षण शेयर बजारमा देखिएको छ।
मंगलबार नेप्से परिसूचक ९२.४६ अंकले बढेर २ हजार ५९९.०८ विन्दुमा पुगेर कारोबार बन्द भएको छ । आज नेप्सेमा सूचीकृत २०१ वटा कम्पनीको शेयर मूल्य बढ्दा १० वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ४ वटा कम्पनीको शेयर मूल्यस्थिर रहेको छ । आज कारोबारमा आएका २१६ वटा कम्पनीको १ करोड २ लाख २ हजार २१९ कित्ता शेयर ५ अर्ब १० करोड ९० लाख ९६ हजार ९५७ रुपैयाँमा कारोबार भएको छ।
आज सबै उपसमूहमा हरियाली छाएको छ । जसमध्ये जलविद्युत ६.४८ प्रतिशत, ट्रेडिङ ५.५५ प्रतिशत, माइक्रोफाइनान्स ४.७७ प्रतिशतले बढेका छन्।
आज सबैभन्दा बढी कमाउने कम्पनीमा माथिल्लो तामाकोसी १० प्रतिशत, विशाल बजार कम्पनी ९.९९ प्रतिशत, महिला लघुवित्त वित्तीय संस्था ९.९६ प्रतिशत, युनाइटेड इन्स्योरेन्स ९.८९ प्रतिशत र समिट लघुवित्त ९.७५ प्रतिशत छन्।
त्यस्तै, मल्टिप्रपोज फाइनान्स ९.६४ प्रतिशत, ग्लोवल आइएमई लघुवित्त ९.५० प्रतिशत, अरुण भ्याली हाइड्रोपावर ९.३१ प्रतिशत र छ्याङदी हाइड्रोपावर ९.२९ प्रतिशतले बढेको छ।
त्यसैगरी सबैभन्दा बढी मूल्य घट्ने कम्पनीमा आइसीएफसी फाइनान्स डिबेञ्चर १.९४ प्रतिशतले, ग्लोवल आइएमई डिबेञ्चर १.८७ प्रतिशतले, एसबीएल डिबेञ्चर १.७५ प्रतिशतले, एनआइबीएल समृद्धि फन्ड १.११ प्रतिशतले र गुडविल फाइनान्सको शेयर मूल्य १.०९ प्रतिशत रहेका छन्।































प्रतिक्रिया