निषेधाज्ञाका कारण बारीमै कुहिन थाले तरकारी, किसान मर्कामा

निषेधाज्ञाका कारण बारीमै कुहिन थाले तरकारी, किसान मर्कामा

केन्द्रबिन्दु
0
Shares

बन्दा बन्दीका कारणले उत्पादन भएका गोलभेँडा बिक्री नहुँदा बारीमै कुहिन थालेका छन्। 

कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बाँकेमा निषेधाज्ञा जारी भएपछि किसानले लगाएको गोलभेंडा खेतमै कुहिएको हो। सवारीसाधन सञ्चालन नभएपछि बारीमा गोलभेडा लिन पुग्ने व्यवसायी र खुद्रा ग्राहक पनि नआउँदा किसान मर्कामा परेका छन्। कृषि क्रान्ति गर्ने सरकारले कृषिजन्य उत्पादन ढुवानीका सवारीसाधनलाई निर्वाध चल्न दिने बताए पनि व्यवहारमा त्यसो हुन नसेपछि किसानले लगाएको तरकारी बारीमा नै कुहिने गरेका हुन्। उत्पादित तरकारी बजारसम्म लैजान नसक्दा किसानहरु दोहोरो मारमा परेका छन्।

दैनिक गुजाराका लागि हुने आम्दानी पनि रोकिएको छ भने बैंकबाट लिएको ऋणको व्याज पनि तिर्न नसक्ने अवस्था श्रृजना भएको छ। बैजानाथ गाँउपालिका फत्तेपुरका किसान बिनोद भुषालले उत्पादन गरेको गोलभेंडा बिक्री नहुँदा ११ लाख रुपैयाँ बराबरको घाटा लागेको बताए। गोलभेँडा बिक्री गर्ने समयमा जिल्लामा निषेधाज्ञा जारी भएपछि आफ्नो सम्पूर्ण लगानी डुबेको किसान भुषालले बताए। भुषालले कृषि विकास बैँकबाट ५ लाख रुपैयाँ ऋण लिएर १० कट्ठा जमिनमा तरकारी खेती शुरु गरेका थिए।

बिनोद भुषालको तरकारी खेती छेउमै चन्दा चौधरीले खेती गरेका छन् । चौधरी आफैं पनि गाँउको अगुवा किसान मध्य एक हुन्। चौधरीले माछा र बंगुरपालन र तरकारी खेतीसमेत गर्दै आएका छन् । घर घरका मानिसहरु व्यवसायीक तरकारी खेतीमा लागेको भएपनि बजार व्यवस्थापन हुन नसक्दा समस्या भएको उनी बताउँछन्।  

व्यवसायीक तरकारी खेतीका लागि विधिवत फर्म दर्ता गराएका अधिकांश किसानले सरकारबाट सहयोग नपाएको गुनासो गर्ने गरेका छन्। बल्लतल्ल ऋण गरेर लगानी गरेर उत्पादन भएको तरकारीको सरकारले बजार प्रबन्ध गरिदिनुपर्ने माग उनीहरुले गरेका छन्।

Logo