गोल्छा समूहले पछिल्लो समय कोरोना महामारीको दोस्रो लहरका कारण संक्रमितले उपचार नपाएको भन्दै उपचारलाई प्रभावकारी बनाउन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एक करोड रुपैयाँ सहयोग गरेको छ।
गोल्छा समूहका अध्यक्ष एवं प्रबन्ध निर्देशक तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेशनाथ गोंगललाई सोमबार एक करोड सहयोग हस्तान्तरण गरेका छन्।
अस्पतालले सधैं उत्कृष्ट कार्य गरेकाले उक्त प्रशंसनीय कार्यको उच्च मूल्याङ्कन गर्दै अहिले दोश्रो लहरले झनै आक्रान्त बनाएको असहज परिस्थितिसँग जुध्न सहज होस् भन्ने उद्देश्यले समूहले यो सहयोग गरेको जनाएको छ। उक्त सहयोग रकमलाई अस्पतालले अक्सिजन व्यवस्थापन गर्न, उपकरणहरुको अभावलाई पूर्ति गर्न, स्वास्थ्यकर्मीहरुद्वारा दिइने सेवा सहज बनाउन र बिरामीलाई आवश्यक पर्ने बेडहरुको संख्या बढाउन उपयोग गर्ने समूहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
गोल्छाले कोरोनाको दोस्रो लहरबाट मुलुक अप्ठेरोमा परेको बताउँदै यो महामारीको घडीमा अस्पताललाई सहयोग गर्न पाएकोमा खुसी लागेको बताएका छन्। उनले गत लकडाउनमा सिंगापुरको परोपकारी संस्था टेमासेक फाउन्डेशनबाट अनुदान प्राप्त १० हजार पिसिआर फर्टिट्यूड किट प्लेन चार्टर्ड गरेर सरकारलाई दिएको बताए।
प्रतिष्ठानका उपकुलपति गोंगलले विषम परिस्थितिमा आवश्यक उपकरण र सेवा सहज बनाउन गोल्छा समूहले दिएको सहयोगले महत्वपूर्ण भूमिका खेल्ने बताए।































प्रतिक्रिया