होङसीले नेपाल सरकारलाई दुईसय थान अक्सिजन सिलिन्डर दिने

होङसीले नेपाल सरकारलाई दुईसय थान अक्सिजन सिलिन्डर दिने

केन्द्रबिन्दु
0
Shares

होङसी शिवम सिमेन्ट प्रालिले दुई सय थान अक्सिजन सिलिन्डर नेपाल सरकारलाई उपलब्ध गराउने भएको छ। 

कोरोनाको दोस्रो तरंगले स्थिति भयावहतर्फ उन्मुख भएको भन्दै प्रालिले नेपाल उद्योग परिसंघसँग समन्वय गरेर दुई सय सिलिन्डर दिइने अनुदान पत्रमा लेखेको छ।

होङसी शिवम सिमेन्ट प्रालिले जारी गरेको अनुदान पत्रमा दोस्रो तरंगले नेपालमा पारेको प्रभावले आफूहरुलाई दुःख लागेको र केहि सहयोग गर्ने भावना अनुसार अहिले नेपालमा खड्किएको अक्जिसन सिलिन्डरनै अनुदान दिएको पत्रमा उल्लेख छ।

त्यसो त पछिल्लो समय नेपालमा अक्सिजनको सिलिन्डर आउने क्रम जारी छ। तथापि यसको व्यवस्थापन हुन नसक्दा स्थिति असामान्यतर्फ उन्मुख भइरहेको छ।

Skip This
Skip This
Logo