साताको पहिलो दिन आइतबार शेयर बजारमा हरियाली छाएको छ। आज नेप्से परिसूचक र कारोबार रकम दुवैमा वृद्धि भएको हो।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ५४.२६ अंकले बढेर २७३८.३५ विन्दुमा पुगेको छ।
ठूला कम्पनीको शेयर कारोबार मापन सेन्सेटिभ परिसूचक पनि ८.६३ अंकले बढेर ४८८.१३ विन्दु कायम भएको छ।
आज कूल १० अर्ब ४० करोड ३८ लाख ७९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भयो। २१४ वटा कम्पनीका दुई करोड १३ लाख २८ हजार ८८२ कित्ता शेयर एक लाख १३ हजार ६९ पटक खरिद बिक्री भए ।
आज नेपाल पुनर्बीमा कम्पनीको शेयर सबैभन्दा धेरै ८४ करोड ९८ लाख ४९ हजार बराबरको कारोबार भयो। एनसीसी बैंकका आठ लाख ३७ हजार २२३ कित्ता शेयर किनबेच भए।
यस्तै रुरु जलविद्युत् कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ।





























प्रतिक्रिया