साताको दोस्रो दिन आज पनि सुनको मूल्य बढेको छ। सुन आज १ सयले बढेको हो। आइतबार ३ सयले बढेको थियो ।
गत हप्ता आइतबार ९ सयले बढेको थियो भने सोमबार ३ सयले बढेको थियो। मंगलबार ६ सयले बढेको थियो। यस्तै बुधबार १ सयले घटेको थियो। बिहीबार ४ सयले बढेको थियो भने शुक्रबार ४ सयले घटेको थियो ।
आज छापावाला सुनको प्रतितोला ९३ हजार ७ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९३ हजार २ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
चाँदीको मूल्य भने आज ५ रुपैयाँले बढेको छ। आज चाँदी तोलामा एक हजार ३५० मा कारोबार भइरहेको छ।





























प्रतिक्रिया