एनसेलको नयाँ वेबसाइटमा ग्राहकलाई आकर्षक थप सुविधा

एनसेलको नयाँ वेबसाइटमा ग्राहकलाई आकर्षक थप सुविधा

केन्द्रबिन्दु
0
Shares

एनसेल आजियाटा लिमिटेडले ग्राहकका लागि थप आकर्षक सेवा सुविधाका साथ आफ्नो नयाँ वेबसाइट संचालनमा ल्याएको छ। ग्राहकले अब वेबसाइटबाटै सजिलै भ्वाइस प्याक, डेटा प्याक खरिद, अनलाइन रिचार्ज लगायतका सेवाहरु लिन सक्छन् । यो नयाँ वेबसाइटलाई वेबएपको रुपमा स्मार्टफोनमा राखी उपलब्ध विविध सुविधाहरुको फाइदा लिन सकिन्छ ।  

ग्राहक सेवालाई अझै परिष्कृत गर्दै लाने उद्देश्य अनुरुप संचालनमा ल्याइएको नयाँ वेबसाइट एनसेलको डिजिटल अभियान अन्तर्गतको एक कार्य हो । यसै अन्तर्गत एनसेलले विविध सेवा सुविधाहरु सहितको सेल्फ केयर एप एनसेल एपको नयाँ संस्करण संचालनमा ल्याइसकेको छ । 

नयाँ वेबसाइटबाट प्याक खरिद गर्ने ग्राहकका लागि प्याकको खरिदमा १०० प्रतिशत सम्म थप भोल्युमसहितका आकर्षक अफरहरु पनि रहेको छन् । यस कोरोना महामारीकाबीच ग्राहकले घरबाटै आफ्नो आवश्यकता अनुसारको सेवाहरु वेबसाइटमार्फत खरिद गर्न सक्छन् । 

विशेष अफर अन्तर्गत ग्राहकले वेबसाइटमार्फत प्याकको खरिदमा १५० एमबीदेखि २ जीबीसम्म बोनस डेटाको फाइदा लिन सक्छन् । बोनस १ दिनको प्याक (रु १८), ७ दिनको प्याक (रु ९८), १४ दिनको प्याक (रु १३९) लागू रहेको छ भने ट्रिपल मजा अन्तर्गत ७ दिनको प्याक (रु १०९), १० दिनको प्याक (रु १४७) र ३० दिनको प्याक (रु ४५९) मा थप ०.५ जीबीदेखि ०.७५ जीबीसम्म बोनस डेटाको योजना रहेको छ । त्यसैगरी ग्राहकले केहि प्याकहरुमा डबल डेटा पाउँछन् र अलवेज अन डेटा प्याक खरिद गर्दा तीन गुणा बढि डे डेटा पाउँछन् । 

कोरोना महामारीले गर्दा घर–घरमै बस्न पर्ने अहिलेको परिस्थितिमा आफ्ना परिवार, साथीभाई, आफन्त र प्रियजनहरुसँग सम्पर्कमा रहिरहन सञ्चार सेवामाथिको पहुँच निकै नै आवश्यक हुने भएकाले नयाँ वेबसाइटका सुविधा र अफरहरुले ठूलो महत्व राख्ने विश्वास एनसेलले लिएको छ । ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै चाँडै नयाँ वेबसाइटको नेपाली संस्करण पनि सार्वजनिक गरिनेछ ।

ग्राहकले हाल संचालनमा रहेको अनलाइनको खुसी अभियान अन्तर्गत पनि नयाँ वेबसाइटबाट सेवा खरिद गर्दा पाइने विभिन्न विशेष अफरबाट फाइदा लिन सक्छन् । यी अफरहरु हालको कठिन समयमा ग्राहकलाई घरमा नै बसी कार्यालयको काम गर्न, अनलाइन कक्षा गर्न लगायतका कार्यहरुलाई सहज बनाउने उद्देश्यका साथ ल्याइएका हुन् । 

Skip This
Skip This
Logo