दशैं तिहार लक्षित ‘स्याङयोङ्ग फेष्टिभ डिलाइट्’ सार्वजनिक

दशैं तिहार लक्षित ‘स्याङयोङ्ग फेष्टिभ डिलाइट्’ सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालका लागि स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले यस वर्षको दशैं तिहारको अवसरमा “स्याङयोङ्ग फेष्टिभ डिलाइट्” ल्याएको छ ।

जहाँ ग्राहकहरूले यस अफरमा ३ लाखसम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै, ग्राहकहरुले आफ्ना पुराना सवारीसँग एक्सचेन्ज गरेको बापत २ लाख सम्म एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सक्नेछन् । त्यसैगरी कम्पनीले COVID वारियर्सहरु (डाक्टरहरू, नर्सहरू, स्वास्थ्य सेवाकर्मीहरू र प्रहरीहरु) लाई थप १ लाख डिस्काउन्ट दिइनेछ ।

साथै आइएमएस मोटर्स, स्याङयोङ्गले ग्राहकहरुलाई यसप्रकार अफर प्रदान गरेको छ । एक वर्ष निःशुल्क बीमा, सात बर्ष सजिलो फाइनान्स, तीन बर्ष वारेन्टि, तीन बर्षसम्म निःशुल्क मर्मत लागत , २५ हजार बराबरको निःशुल्क एसेसरिज, निःशुल्क सर्भिसिङ्ग (रिफरल ग्राहकहरूको लागि २ बर्ष सम्म) लगायत सुविधा ल्याएको छ ।

यस स्याङयोङ्ग फेष्टिभ डिलाइट् अफर ०७७ असोज २८ गतेदेखि कार्तिक २६ गते सम्म मात्र हुने कम्पनीले जनाएको छ । स्याङयोङ्ग कोरियाको चौथो ठूलो गाडीहरु उत्पादन गर्ने कम्पनी हो । सन् १९५४ देखि सुरुवात गरिएको यस कम्पनीका गाडीहरु आफ्नो आधुनिक स्टाईल अनि उत्कृष्ट प्रदर्शनका लागि चिनिने गर्दछन् ।

Logo