नेप्से कारोबार रकममा नयाँ रेकर्ड, जलविद्युतमा लगानीकर्ताको आकर्षण

नेप्से कारोबार रकममा नयाँ रेकर्ड, जलविद्युतमा लगानीकर्ताको आकर्षण

केन्द्रबिन्दु
0
Shares

राष्ट्र बैंकको परिपत्रपछि बजार घट्ने अनुमानलाई गरिए पनि  शेयर कारोबारमा नयाँ रेकर्ड बनेको छ। आज यस अघिको १३ अर्ब ११ करोड कारोबारको रेकर्डलाई तोड्दै साताको अन्तिम दिन कारोबार रकम १४ अर्ब ७७ करोड रुपैयाँ  पुगेर नयाँ रेकर्ड बनाएर बजार बन्द भएको छ।  

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई माइक्रो फाइनान्सको शेयर किन्न रोक लगाएपछि बजार घट्ने आँकलन गरिएको थियो । कारोबार रकममा नयाँ रेकर्ड बने पनि परिसूचक भने सामान्य घटेको छ। १.२ अंकले घटेर नेप्से २, ८१५ अंकमा कायम भएको छ।  

समूहगत रुपमा हेर्दा यस दिन ब्यापार २८१, विकास बैंक ११४, जलविद्युत १३१, फाइनान्स ३६, निर्जीवन बीमा १४२ र उत्पादन ३२ अंकले बढेका छन्।  

बैंकिङ ६, होटल तथा पर्यटन १४, अन्य २४, जीवन बीमा १३६ र माइक्रोफाइनान्स समूह १९१ अंकले घटेका छन्।  

आज जलविद्युत कम्पनीका लगानीकर्ताले बढी मूल्य कमाएका छन्। नेपाल हाइड्रो डेभलपर्स, खानीखोला हाइड्रो, युनाइटेड मोदी, अरुण काबेली, रिडी हाइड्रोपावर, जोशी, अपि, दिव्यश्वरी हाइड्रोपावरको मूल्य करिब १० प्रतिशतले बढेको छ।  

राधी विद्युत, शिवश्री हाइड्रो, हिमाल दोलखा, सानिमा माइ, पन्चकन्या माइ, नेशनल हाइड्रोपावर, बुटवल पावर, युनियन हाइड्रोपावर, घलेम्दी, युनिभर्सल पावर र आँखु खोलाको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ।  

यस दिन माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले बढी गुमाएका छन्। समता लघुवित्त र मेरो माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै ५ प्रतिशतले घटेको छ। 

एनएमबि माइक्रोफाइनान्स, एनआइसी एसिया लघुवित्त, नेरुढे लघुवित्त, सूर्योदय, सिभिल लघुवित्त, आरम्भ चौतारी लघुवित्तको मूल्य साढे ४ प्रतिशत बढीले घटेको छ।

Skip This
Skip This
Logo