अब शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/ ७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।
यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ । यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने अर्थमन्त्री पौडेलले बताए ।
सरकारले मेचीनगर, रंगेली, सन्धीखर्क लगायत १५ सथानमा कृषि थोक बजार स्थापना गर्ने भएको छ।
काठमाडौंको चोभारमा निर्माणधिन फलफूल केन्द्रलाई सञ्चालन गर्ने पनि भएको छ।
उत्पादन गर्ने किसान पीडित भएको भन्दै मध्यस्थताकर्ताको अनुचित नाफालाई नियन्त्रण गरिने अर्थमन्त्री विष्णु पौडेलले बताए।
उनले कृषिमा आधारित मूल्य श्रृङ्खलाका लागि अनुदान प्रदान गर्न ७ अर्ब ६० करोड रूपैयाँ विनियोजन गरेको बताए।





























प्रतिक्रिया