विद्युतीय सवारीको आयातमा लाग्ने अन्तःशुल्क खारेज

विद्युतीय सवारीको आयातमा लाग्ने अन्तःशुल्क खारेज

केन्द्रबिन्दु
0
Shares

गत वर्ष विद्युतीय सवारीमा लाग्ने भन्सार अन्तशुल्कमा उच्चरुपमा वृद्धि गरेको सरकारले विद्युतीय सवारीको आयातमा लाग्दै आएको  अन्तशुल्क खारेज गरेको छ। 

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्दै विद्युतीय सवारीमा लाग्ने भन्सार शुल्क पनि उल्लेख्य मात्रा घटाएको जानकारी गराएका छन्। 

गत वर्ष सरकारले विद्युतीय सवारीमा लाग्ने भन्सार अन्तःशुल्कमा उच्चरुपमा वृद्धि गरेको थियो।

वर्षमा २० लाखसम्म कारोबार गर्नेलाई आयकरमा ९० प्रतिशत छुट 

सरकारले आगामी आर्थिक वर्षदेखि वार्षिकरुपमा २० लाखसम्म कारोबार गर्नेलाई आयकरमा ९० प्रतिशत छुट दिने घोषणा गरेको छ।

आगामी वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले २० लाखदेखि ५० लाखसम्म करोबाबार गर्नेलाई आयकरमा ७५ प्रतिशत छुट दिने घोषणा गरेका छन्। ५० लाख देखि १ करोडसम्म कारोबार गर्नेलाई आयकरमा ५० प्रतिशत छुट दिइएको छ । 

कोभिडबाट अत्याधिक प्रभावित होटल, ट्राभल, चलचित्र उद्योग, सञ्चार, हवाई कम्पनीको कर योग्य आयमा एक प्रतिशत मात्रै आयकर लाग्ने व्ववस्था गरिएको छ।

Skip This
Skip This
Logo