बजेटपछि नेप्से १२.५४ अंकले वृद्धि, कारोबार रकममा नयाँ रेकर्ड

बजेटपछि नेप्से १२.५४ अंकले वृद्धि, कारोबार रकममा नयाँ रेकर्ड

केन्द्रबिन्दु
0
Shares

आगामी आर्थिक वर्षको बजेट घोषणापछिको पहिलो एवं साताको पहिलो दिनको नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ। आज नेप्से सूचक १२.५४ अंकले बढेर २८२७.९३ को बिन्दुमा पुगेको हो। 

आज कारोबारमा आएका २१९ कम्पनीको ४ करोड २६ लाख ३६ हजार ३ सय ४८ कित्ता शेयर १७ अर्ब २ करोड ८४ लाख ३२ हजार २ सय ४५ रूपैयाँ बराबरको कारोबार भएको छ। यो कारोबार रकम नयाँ रेकर्ड बनाएको छ। यो हालसम्मकै उच्च कारोबार हो। 

आज १७ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लेवलमा मुल्य बढेको छ। आज विकास बैंक, फाइनाइन्स लगायत ७ क्षेत्रको समूहगत सूचक बढेको छ भने माईक्रो फाइनाइन्स, अन्य लगायत ६ क्षेत्रको समूहगत सूचक घटेको छ। विकास बैंक समूहको सूचक सर्वाधिक ७.३९ प्रतिशतले बढेको छ भने सर्वाधिक बढी अन्य समूहको सूचक २.४९ प्रतिशतले घटेको छ। 

नेशनल हाईड्रो कम्पनिको सबैभन्दा धेरै ४७ करोड ४० लाख र अरुण काबेली पावर लिमिटेडको ४६ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

Logo