साताको तेस्रो दिन आज पनि सुनको मूल्य बढेको छ। आज सुन ३ सयले बढेको हो। आइतबार पनि २ सयले नै बढेको थियो। सोमबार पनि २ सयले बढेको थियो।
गत हप्ता आइतबार ३ सयले बढेको थियो भने सोमबार १ सयले बढेको थियो। मंगलबार २ सयले घटेको थियो। बुधबार स्थिर रहेको थियो भने बिहीबार ७ सयले बढेको थियो। यस्तै शुक्रबार सुन ४ सयले घटेको थियो।
आज छापावाला सुनको प्रतितोला ९४ हजार ५ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९४ हजार मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ। आज चाँदी एक हजार ३७० मा कारोबार भइरहेको छ।





























प्रतिक्रिया