डिसहोमले करिब २४ लाख कित्ता बराबरको आईपीओ जारी गर्दै, धितोपत्र बोर्डले दियो अनुमति

डिसहोमले करिब २४ लाख कित्ता बराबरको आईपीओ जारी गर्दै, धितोपत्र बोर्डले दियो अनुमति

केन्द्रबिन्दु
0
Shares

डिसहोमले सर्वसाधारणका लागि साधारण शेयर आईपीओ जारी गर्ने तयारी गरेको छ। 

गत वर्ष असार २७ गते डिसहोमले २३ लाख ८५ हजार ९ सय २९ कित्ता सर्वसाधारणका लागि शेयर जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको थियो। धितोपत्र बोर्डले अनुमति दिएसँगै डिमहोमले छिट्टै नै आईपीओ जारी गर्ने तयारीमा रहेको  जनाएको छ।

५८ एचडी र १४९ एसडी च्यानल गरी २०७ टेलिभिजन च्यानल डिस होमले ग्राहकलाई वितरण गर्दै आएको छ। यसका साथै कम्पनीले ७० वटा प्रिमियम च्यानल र १६ वटा आफ्नै च्यानलसमेत प्रशारण गर्दै आएको छ। 

११ लाख ग्राहक रहेको डिसहोमले ग्रामिणस्तरसम्म स्याटेलाइटमार्फत् इन्टरनेट पुर्‍याउने तयारीसमेत अगाडि बढाएको छ। 

२०१८ मा ३ अर्ब ९५ करोड, २०१९ मा ४ अर्ब २५ करोड र गत वर्ष ५ अर्ब १३ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले पछिल्ला तीन वर्षमा औषत ३० प्रतिशतका दरले आम्दानी वृद्धि गरेको छ । 

कम्पनीको पुँजीगत संरचनातर्फ ४७ प्रतिशत हङकङको स्यान्डमाार्टिन इन्टरनेशनल होल्डिङ कम्पनी र बाँकी ५३ प्रतिशत नेपाली लगानीकर्ताको हिस्सामा छ।

Skip This
Skip This
Logo