दसैंमा घरायसी सामग्रीहरु किन्दै हुनुहुन्छ ? यस्ता छन् छुटै छुट

दसैंमा घरायसी सामग्रीहरु किन्दै हुनुहुन्छ ? यस्ता छन् छुटै छुट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना महामारीकै बीचमा नेपालीहरुका महान चार्ड दसैं, तिहार, छठ नजिकिंदै आएका छन् । बजारमा विगतका वर्ष भन्दा केही रौनक कम भएको छ । तर पनि किनमेल गर्नेहरुको भिड देखिन थालेको छ । दसैं, तिहारको अवसरमा विभिन्न कम्पनीहरुले सामानमा छुटको व्यवस्था गर्ने गरेका छन् । ग्राहकहरु तान्नका लागि भए पनि पहिलेको भन्दा चाडपर्वको अवसरमा सामान खरिद गर्दा छुटको व्यवस्था गर्ने गरेका छन् ।

यसरी दसैं, तिहार नजिकिँदै गर्दा विभिन्न कम्पनीहरुले घरायसी सामग्रीहरूमा छुट अफर सार्वजनिक गरेका छन् । पहिलेका वर्षझैं यस वर्ष पनि विभिन्न कम्पनीले घरायसी सामग्रीमा छुटको अफर ल्याएका छन् । मानिसहरुले दसैं, तिहारमा नयाँ नयाँ घरायसी सामान जोड्ने गर्दछन् । दसैं, तिहारमा नै रमाइलो तथा घर सजाउने नयाँ सामान जोड्ने नेपालीहरुको प्रचलन रहेको छ ।

यसरी दसैं, तिहारमा यस्ता सामानको व्यापार बढ्ने भएकाले पनि विभिन्न कम्पनीहरुले दसैं  छुटको अफर सार्वजनिक गरेका छन् । बजारमा अहिले घरमा चाहिने सम्पूर्ण सामग्रीमा विभिन्न कम्पनीले एलइडी टिभी, फ्यान, रेफ्रिजेरेटर, वासिङमेसिन, कुलर लगायतका विद्युतिय सामग्रीहरुमा छुटसहित नयाँ–नयाँ मोडलका सामान सार्वजनिक गरिरहेका छन् । यसरी दसैं अफर सार्वजनिक गर्दै ग्राहकहरुले विभिन्न कम्पनीको सामान खरिद गर्दा विशेष छुट पाउने कम्पनीहरूले जनाएका छन् ।

कुन कम्पनीको कस्तो अफर ?

१.एलजी
एलजी कम्पनीले विगतका वर्षमा झैं यसवर्ष पनि दसैं, तिहारलक्षित छुटको अफर सार्वजनिक गरेको छ । एलजीको घरायसी सामान खरिद गर्न चाहने ग्राहकका लागि एलजीले यसवर्ष समयको माग, हामी सबैको चाहाना, आफ्नो र प्रियजनको सुस्वास्थ्यको कामना भन्ने नारासहित घरायसी सामग्रीमा विशेष छुटसहित अफर ल्याएको छ । एलजीका अनुसार विभिन्न घरायसी सामग्रीको खरिदमा ४० प्रतिशतसम्मको विशेष क्यासब्याक अफर तथा हाल खाली नहुने गरी आकर्षक उपहार प्राप्त गर्न सकिने छ ।

त्यस्तै, एलजीको यूएचडी टिभी ब्राण्ड ५५, यूएम ७३००, एलईडी टिभी र इएर प्यूरिफायरमा आकर्षक क्यासब्याकको व्यवस्था सुविधा २ वर्षको वारेन्टी समेत व्यवस्था गरेको छ । कम्पनीले साइड बाइ साइड रेफ्रिजेरेटरमा माइक्रोवेभ ओभन फ्रि, वासिङ मेसिन फ्रन्ट लोडमा पिजन गिफ्ट सेट फ्री, डबल रेफ्रिजेरेटरमा मिक्सचर फ्री, रुम एयर कन्डीस्नरमा स्टलेसन फ्री, वासिङ मेसिन फ्रन्ट लोडमा पिजन इन्डक्सन फ्री, वासिङ मेसिन टप लोडमा पिजन कम्फी ड्राई आइरन फ्री, माइक्रो ओभनमा कुकिङ किट फ्री लगायत अन्य विभिन्न सामानमा पनि विशेष छुट रहेको कम्पनीले जनाएको छ ।

२.सिजी
विगतका वर्षहरुको जस्तै यसवर्ष पनि सिजीले आफ्ना ब्राण्डका घरासायी सामानमा विशेष छुटको अफर ल्याएको छ । नेपालीहरुका महान् चार्ड दसैं–तिहार पर्वलाई लक्षित गरेर नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले बजारमा ‘कुशल स्वास्थ्य असल पर्व’ नामक योजनाका अफरहरू सार्वजनिक गरेको छ । योजना अन्तर्गत आफ्ना ग्राहकहरूलाई कुनै पनि घरायसी सामाग्रीको खरिदमा ३० प्रतिशतसम्मको नगद छुट र हात खाली नजाने उपहारहरू दिने कम्पनीले जनाएको छ ।

सिजी कम्पनीका अनुसार एलईडि टिभीको खरिदमा ३० प्रतिशतसम्मको नगद छुट र ४३ इञ्च र त्यसभन्दा माथिका टिभीहरूमा निःशुल्क जडानको सुविधा पनि सार्वजनिक गरिएको छ । त्यस्तै, साइड बाइ साइड, मल्टिडोर रेफ्रिजेरेटर र फ्रन्ट लोड वासिङ मेसिन, पिजनको मिक्चर, डबल डोर रेफ्रिजेरेटरमा भने सिजीको ३ लिटरको भिन्टेज प्रेसरकुकर र आकर्षक नगद छुट रहेको छ ।

साथै, विभिन्न सामानहरू सिङ्गल डोर रेफ्रिजेरेटर, सोकेश, चेस्ट फ्रिजर र स्पिकरमा पनि आकर्षक नगद छुटको व्यवस्था रहेको छ । कम्पनीका अनुसार यो वर्ष टपलोड तथा सेमिअटोमेटिक वासिङ मेसिनमा सिजीकै स्टिम आइरन र माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट प्राप्त गर्नेछन् । साथै, एसी खरिद गर्नेलाई जडान निःशुल्क गर्ने योजना रहेको छ ।

त्यस्तै, सिजी कम्पनी अन्तर्गतकै टीएलसी टिभी खरिदमा पनि दसैं तिहार छुटको अफर ल्याइएको छ । कम्पनीले दसैं–तिहारलाई लक्षित गर्दै स्टे सेफ, सेलिब्रेट वेल अफर ल्याएको हो । यस अन्तर्गत ग्राहकले टिएलसीका टेलिभिजन, वासिङ मेसिन, चेस्ट फ्रिजर, वाटर डिस्पेन्सर जस्ता घरायसी सामाग्रीमा २५ प्रतिशतसम्मको क्यास ब्याक व्यवस्था गरेको छ । साथै, टिएलसीका एयर कन्डिस्नरमा फ्रि इन्टलेसनको सुविधा प्राप्त हुनेछन् भने फारफिल्ड भोइस एसिस्टेन्ट, डोल्बी भिजनमा तीन वर्ष वारेन्टी रहेको छ । अन्य विशेषता रहेको टिएलसी टिभी, वासिङ मेसिन मोटर र एसी लगायत पिसीबी बोर्डमा सहित ५ वर्षको वारेन्टी छ ।

त्यस्तै, टिसिएल ब्राण्ड तथा सिजीका सामान खरिद गर्ने कुनै पनि ग्राहकले फोन पे प्रयोग गरी पैसा भुक्तानी गर्न पनि सक्नेछन् । साथै, फोन पेको माध्यमबाट पैसा भुक्तानी गरेमा ग्राहकले थप अन्य आकर्षक सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

३.सामसुङ
नेपाल लगायत विश्वभर नै लोकप्रिय रहेको सामसुङ कम्पनीले पनि विगतका वर्षमा जस्तै यो वर्ष पनि सामसुङ कम्पनीका घरायसी सामान खरिद गर्ने ग्राहकहरुको लागि कम्पनीले दसैंतिहार लक्षित ‘जोड्दै खुसी सजाऔं जिन्दगी’ भन्ने नारासहित विभिन्न सामाग्रीमा छुटको अफर सार्वजनिक गरेको छ । उक्त योजना अनुसार ग्राहकहरूले सामसुङको उत्पादन सामग्रीको खरिदमा ३५ प्रतिशतसम्मको आकर्षक छुट पाउने भएका छन् । कम्पनीले सबै खालको रेफ्रिजेरेटर, वासिङ मेसिन, ड्रायर र एलईडीमा विशेष छुट रहेको जनाइको छ । साथै, एलईडी टिभी खरिद गरेमा २ वर्षको वारेन्टी पनि गरेको छ ।

४.गोदरेज
गोदरेजले नेपाली ग्राहकका लागि चाडपर्व लक्षित ‘फ्रि कपल ट्रिप टु बाली’ अफर सार्वजनिक गरेको छ । फ्रि कपल ट्रिप टु बाली योजनामा गोदरेजका उत्पादनहरु खरिद गर्दा ग्राहकहरुले नगद छुटका साथै लक्की ड्र मार्फत इन्डोनेसियाको बाली जाने अवसर प्राप्त गर्न सक्नेछन् । यो योजना अन्र्तगत रेफ्रिजिरेटर, चेष्ट फ्रिजर, वासिङ्ग मेसिन र माइक्रोवेभ ओभनको खरिद गरी लक्की ड्र मार्फत बाली जाने अवसर प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

५. ह्वीलपुल
पछिल्लो समय नेपालमा ग्राहकहरु माझ सर्वाधिक बिक्रि हुने ह्वीलपुल कम्पनीले विगतका वर्षहरुको जस्तै यो वर्ष पनि दसैंैतिहार छुटको विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘शुभ दसैं’ योजना भन्ने नाराका साथ अफरसहित ह्वीलपुलको घरायसी सामग्री खरिदमा ग्राहकहरूले विभिन्न आकर्षक गिफ्टहरूको साथै जुनसुकै सामान खरिदमा पनि हात खाली नहुने गरी ग्राहकहरूलाई अफर सार्वजनिक गरेको कम्पनीले जनाएको छ । कम्पनीले रेफ्रिजेरेटर, वासिङ मेसिन, एयर कन्डीस्नर, माइक्रोवेभ र चेष्ट फ्रिजरमा पनि विशेष छुट अफर ल्याएको छ । त्यस्तै, गिफ्टमा ३ युनाइटेड ३ लिटरको प्रेसर कुकर, यूनिराइज ३ लिटरको कुकर र माइक्रोवेभ ३ पिस सेफ बाउल सेट पाउनेछन् ।

६.यासुदा
नेपालमा विगत लामो समयदेखि बजारमा सर्वाधिक सामान बिक्रि हुने कम्पनी मध्येको एउटा हो यासुदा । कम्पनीले विगतका वर्षहरु जस्तै यो वर्ष पनि दसैं अफर सार्वजनिक गरेको छ । कम्पनीले शुभ दसैं सबैमा उपहारको जिम्मा हामीमा भन्ने नारासहित विशेष अफर यासुदाका सामान खरिद गर्नेहरुको लागि ल्याएको छ । यासुदाका घरायसी सामग्री खरिदमा ग्राहकहरूले विभिन्न आकर्षक गिफ्टहरूको साथै जुनसुकै सामान खरिदमा पनि हात खाली नहुने गरी ग्राहकहरूलाई अफर सार्वजनिक गरेको कम्पनीले जनाएको छ । कम्पनीले रेफ्रिजेरेटर, वासिङ मेसिन, एयर कन्डीस्नर, माइक्रोवेभ र चेष्ट फ्रिजरमा पनि विशेष छुट अफर ल्याएको छ ।

७.पानासोनिक
पानासोनिकले पनि नेपालीहरुको महान चार्ड दसैंतिहारको अवसरमा ग्राहकहरुका लागि विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘दसैंको शुभलाभ पानासोनिकको साथ’ योजना भन्ने नाराका साथ अफरसहित पानासोनिकको घरायसी सामग्री खरिदमा ग्राहकहरूले विभिन्न आकर्षक गिफ्टहरूको साथै जुनसुकै सामान खरिदमा पनि हात खाली नहुने गरी ग्राहकहरूलाई अफर सार्वजनिक गरेको कम्पनीले जनाएको छ । कम्पनीले फ्रिज, रेफ्रिजेरेटर, वासिङ मेसिन, एयर कन्डीस्नर, माइक्रोवेभ र चेष्ट फ्रिजर लगायत अन्य सामग्रीहरुमा पनि विशेष छुट अफर ल्याएको छ ।

८.हिमस्टार
विगतका वर्षहरु जस्तै यस वर्ष पनि हिमस्टारले आफ्ना ब्राण्डका घरासायी सामानमा विशेष छुटको अफर ल्याएको छ । नेपालीहरुको महान चार्ड दशैं–तिहार पर्वलाई लक्षित गरेर पछिल्लो समय नेपाली बजार लोकप्रिय बन्दै गएको हिमस्टारले विशेष छुटको अफर सार्वजनिक गरेको छ । हिमस्टारले आफ्ना ग्राहकहरूलाई कुनै पनि घरायसी सामग्रीको खरिदमा २० प्रतिशतसम्मको छुट व्यवस्था गरेको छ । कम्पनीका अनुसार विभिन्न सामानहरू सिङ्गल डोर रेफ्रिजेरेटर, सोकेश, चेस्ट फ्रिज र स्पिकरमा छुटको व्यवस्था रहेको छ । हिमस्टारले फ्रिज खरिदमा २० प्रतिशत छुटसहित विभिन्न डिजाइन, कलर र साइजमा पाइन्छ । त्यस्तै हिमस्टारले नेपाली बजार एसी, फ्रिज, टिभी, आइरन तथा हिटरहरु बजारमा ल्याएको छ ।

Logo