साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १.८० अंकले गिरावट आएको छ। आज १.८० अंकले घटेर २ हजार ९४४.७८ विन्दुमा रोकिएको छ।
३ करोड ६ लाख ६६ हजार ४४ शेयर कित्ताको किनबेचमा आज १६ अर्ब १० करोड ४ लाख १२ हजार ४३६ रूपैयाँको कारोबार भयो।
आज १०४ वटा कम्पनीको शेयर मूल्य बढ्दा १०६ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ। १० वटा कम्पनीको शेयर मूल्य स्थिर छ।
यो उपसमूहतर्फ विकास बैंक, फाइनान्स कम्पनी र जलविद्युत् कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण कायमै छ। बिहीबार कारोबारमा पाँचथर पावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले सकारात्मक सर्किट लागेको छ।
त्यसैगरी लिबर्टी इनर्जी कम्पनी, शिव श्री हाइड्रोपावर, नगाडी ग्रुप पावर, माउन्टेन इनर्जी नेपाल, छ्याङदी हाइड्रोपावर, रिडी हाइड्रोपावर कम्पनीको शेयर मूल्य बढेको छ भने गोर्खाज फाइनान्स, हिमालयन जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य घटेको छ।































प्रतिक्रिया