प्रदेश १ ले २०७८/७९ को बजेट चालु आर्थिक वर्षको तुलनामा २०.६ प्रतिशतले बजेट घटाएको छ।
चालु आर्थिक वर्ष २०७७/७८ मा ४० अर्ब ८९ करोड ९९ लाख रुपैयाँको बजेट निर्माण गरिएकोमा आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँको बजेट प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बु्हाङ लिम्बुले मंगलबार सार्वजनिक गरेका छन्।
उक्त बजेट चालु आर्थिक वर्षको भन्दा आठ अर्ब ४३ करोड ७ लाख रुपैयाँले कम छ। आगामी आवका लागि विनियोजित बजेटमा चालु खर्चतर्फ १४ अर्ब १६ करोड १५ लाख र पुँजीगत खर्चतर्फ १५ अर्ब ५ करोड ३५ लाख प्रतिशत छुट्याइएको मन्त्री लिम्बुले बताए।
यस्तै स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब २२ करोड ४२ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ ३ करोड रुपैयाँ प्रदेश १ सरकारले विनियोजन गरेको छ।































प्रतिक्रिया