एकै दिन ११ सयले घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै?

एकै दिन ११ सयले घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै?

केन्द्रबिन्दु
0
Shares

साताको पाँचौं दिन आज सुनको मूल्य घटेको छ। आज सुन ११ सयले घटेको हो। 

यस हप्ता बुधबार १ सयले घटेको थियो । मंगलबार स्थिर रहेको थियो। सोमबार सुन ७ सयले घटेको थियो भने आइतबार ६ सयले घटेको थियो। 

गत हप्ता आइतबार ७ सयले बढेको थियो। सोमबार ३ सयले घटेको थियो। मंगलबार ३ सयले नै बढेको थियो भने सुन बुधबार १ सयले बढेको थियो। बिहीबार ३ सयले घटेको भएपनि शुक्रबार ६ सयले बढेको थियो।

आज छापावाला सुनको प्रतितोला ९२ हजार मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९१ हजार ५ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य भने आज २० रुपैयाँले घटेको छ। चाँदी आज एक हजार ३४० मा कारोबार भइरहेको छ।

Skip This
Skip This
Logo