एकै दिन १२ सयले घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै?

एकै दिन १२ सयले घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै?

केन्द्रबिन्दु
0
Shares

साताको अन्तिम दिन आज पनि सुनको मूल्य घटेको छ। आज सुन १२ सयले घटेको हो। 

यस हप्ता आइतबार ६ सयले घटेको थियो। सोमबार सुन ७ सयले घटेको थियो । मंगलबार स्थिर रहेको थियो। बुधबार १ सयले घटेको थियो। बिहीबार ११ सयले घटेको थियो । यस हप्ताभरि सुनको मूल्य ओरालो लागिरह्यो ।

गत हप्ता आइतबार ७ सयले बढेको थियो। सोमबार ३ सयले घटेको थियो। मंगलबार ३ सयले नै बढेको थियो भने सुन बुधबार १ सयले बढेको थियो। बिहीबार ३ सयले घटेको भएपनि शुक्रबार ६ सयले बढेको थियो।

आज छापावाला सुनको प्रतितोला ९० हजार ८ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार ३ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य भने आज ३५ रुपैयाँले घटेको छ। चाँदी आज एक हजार ३०५ मा कारोबार भइरहेको छ।

Logo