मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बिहीबारदेखि बिक्री खुला भएको छ। लघुवित्तले जारी पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२ दशमलव ११ प्रतिशतले हुन आउने ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्काशन गरेको हो।
लघुवित्तले निष्कासन गरेको सेयरमध्ये ६ हजार ५८ कित्ता कर्मचारीका लागि र १९ हजार ४५० कित्तासामूहिक लगानी कोषका लागि छुट्याएको छ।
सर्वसाधारणले बाँकी ३ लाख ६३ हजार ४९२ कित्ताका न्युनतम १० कित्ताका दरले आवेदन दिन सक्नेछ।
आईपीओको निष्कासन बन्द छिटोमा असार २१ गते र ढिलोमा असार ३१ गते बैंकिङ समयसम्म हुनेछ। धितोपत्र बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड छ।































प्रतिक्रिया