पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य ७९ प्रतिशत सम्पन्न

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य ७९ प्रतिशत सम्पन्न

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय गौरवको योजना अन्तर्गत पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ।

अबको ६ महिनामा विमानस्थल निर्माणकार्य सम्पन्न हुने बताइएको छ। यही महिनाभित्र निर्माण सम्पन्न हुनु पर्ने भए पनि कोरोनाका कारण आयोजना पर धकेलिएको हो । गत आर्थिक वर्ष २०७६/७७ मा ६१ प्रतिशत भौतिक प्रगति भएको थियो। गत वर्षसमेत कोरोनाका कारण निर्माणले गति लिन सकेको थिएन । चालू आर्थिक वर्षमा केही गति लिएको निर्माण कार्यले फेरि आएको कोरोनाको दोस्रो लहरका कारण निषेधाज्ञा हुँदा कामले गति लिन भने सकिरहेको थिएन । 

मे महिनामै विदेशी जनशक्तिले आएर विमानस्थल अवलोकन गर्ने योजना रहेकोमा कोभिड दोस्रो लहरका कारण रोकिएको थियो । विदेशबाट आउने जनशक्तिहरु जुलाई/अगस्टसम्ममा आउने व्यवस्था मिलाइएको हुँदा काम निरन्तर भइरहने इन्जिनियर कृष्ण पौडेलले बताए।

कोभिडको निषेधाज्ञामा पनि काम नरोकि निरन्तर भएको उनले बताए। ५०० जनशक्तिको ठाउँमा कोभिड निषेधाज्ञा २०० हाराहारीमा जनशक्तिले काम गरिरहेको इन्जिनियर कृष्ण पौडेलले जानकारी दिए। कोभिडको कारण चिनियाँ जनशक्तिमा समेत कमी आएको छ। हाल चिनियाँ जनशक्ति १६६ जना मात्र निर्माणमा आवद्ध रहेका छन्। 

चिनियाँ जनशक्ति ३ सयका हाराहारीमा आवश्यक रहेको छ। अहिले फिनिसिङ, लाइट हाल्ने, इलेक्ट्रिफिकेसन, इक्यूवमेन्ट, पाइपलाइन बिच्छ्याउने तथा भित्री सडकका कामहरु भइरहेको छ । निषेधाज्ञाका कारण निर्माणको १ महिनाको प्रगतिमा कमी आउने उनले बताए । कुल २२ अर्ब रुपैयाँ चिनियाँ ऋण सहयोगमा विमानस्थल निर्माण भइरहेको छ। विमानस्थल निर्माण सन् २०२१ जुलाई १० सम्म सक्ने गरी सम्झौता भएको थियो। यसअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ६ महिना अघि नै सम्पन्न गर्ने लक्ष्य रहेको थियो । हाल विमानस्थल निर्माणले अपेक्षित गति लिन सकेको छैन। निर्माण सम्पन्न मितिसमेत २०२१ डिसेम्बरका लागि सारिएको इनिजनियर पौडेलले जानकारी भयो।

विमानस्थल निर्माण सन् २०१७ को नोभेम्बर महिनादेखि शुरु भएको हो। हालसम्म रन वे, ट्याक्सी पार्किङ, टर्मिनल भवन, एप्रोन (यात्रु जहाजमा चड्ने र ओर्लने स्थान), नाला निर्माण, ह्याङगर निर्माण लगायतका काम भइसकेका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १४ हजार स्क्यार मिटरमा बन्नेछ। ८ हजार स्क्यार मिटर अन्तर्राष्ट्रिय उडानका लागि र ६ हजार स्क्यार मिटर आन्तरिक उडानका लागि गरी १४ हजार स्क्यार मिटरको टर्मिनल भवन निर्माण हुन लागेको हो।

Logo