प्रदेश नं २ः असार मसान्तसम्म सवारीमा लाग्ने करमा जरिवाना नलिइने

प्रदेश नं २ः असार मसान्तसम्म सवारीमा लाग्ने करमा जरिवाना नलिइने

केन्द्रबिन्दु
0
Shares

प्रदेश नं २ सरकारले सवारीसाधनमा लाग्ने शुल्क र दस्तुरमा असार मसान्तसम्म जरिवाना नलिने निर्णय गरेको छ। 

कोरोना सङ्क्रमणको वृद्धिले लागू गरिएको निषेधाज्ञाका कारण सवारी साधनको शुल्क र दस्तुर बुझाउन नसकिएका अवस्थालाई दृष्टिगत गरी मन्त्रिपरिषदद्वारा सो निर्णय गरिएको हो।

भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले निषेधाज्ञाले गर्दा सवारीसाधन सञ्चालनमा नआएको र यातायात कार्यालय पनि बन्द रहेकाले सरकारले जरिवाना छुट दिएको स्पष्ट गरे।

Logo