एघार महिनामा बैंकहरुको नाफा ६२ अर्ब, कुन बैंकको कति?

एघार महिनामा बैंकहरुको नाफा ६२ अर्ब, कुन बैंकको कति?


चालू आर्थिक वर्षको एघार महिनामा २७ वाणिज्य बैंकले ६२ अर्ब ३६ करोड १७ लाख रुपियाँ खुद नाफा आर्जन गरेका छन्। नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक तथ्यांक अनुसार सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले ६२ अर्ब ३६ करोड १७ लाख रुपियाँ खुद नाफा आर्जन गरेका हुन्। 

बैंकहरुले गत आर्थिक वर्षको असार मसान्तसम्म  ५४ अर्ब ३५ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएका थिए। चालू आवको जेठ मसान्तसम्म ८ अर्ब १ करोड ९ लाख रुपियाँ थप गरेको उक्त तथ्यांकले देखाएको छ।

गत असार मसान्तको तुलनामा चालू आवको जेठ मसान्तसम्म सबैभन्दा बढी नाफा वृद्धिदर प्रभु बैंकको रहेको छ भने दोस्रोमा कुमारी बैंक र तेस्रोमा मेगा बैंकको रहेको छ। 

गत आर्थिक वर्षको असार मसान्तको तुलनामा चालू आर्थिक वर्षको जेठ मसान्तसम्म आइपुग्दा २० वटा वाणिज्य बैंकको नाफा वृद्धि भएको छ। चालू आवको एघार महिनामा सबैभन्दा बढी नाफा प्रभु बैंकको ८१.६४ प्रतिशत र सबैभन्दा थोरै लक्ष्मी बैंकको ०.५४ प्रतिशतले वृद्धि भएको हो। तर, उक्त अवधिमा सातवटा वाणिज्य बैंकको खुद नाफा असार मसान्तको तुलनामा चालु आवको जेठ मसान्तमा घटेको छ।

कोरोना महामारीको दोस्रो लहरपछि लागू भएको निषेधाज्ञा खुकुलो भएपछि बैंकहरूको अघिल्लो साता ३९ खर्ब ९९ अर्ब रुपियाँ रहेको निक्षेप ४० खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ। एक महिनामा मात्रै निक्षेप ५५ अर्बले बढेको छ।
 
वाणिज्य बैंकहरूमा एक महिनामा ऋण २१ अर्बले बढेर ३६ खर्ब ६८ अर्ब पुगेको छ। पछिल्लो साता मात्रै ऋण १४ अर्बले बढेको छ। राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको कुल निक्षेप ५ खर्ब ५९ अर्ब रुपियाँले बढेको छ । भने ऋण ७ खर्ब ६५ अर्ब रुपैयाँले बढेको छ। 

कुन बैंकको नाफा वृद्धि कति ?
गत आवको असार मसान्तको तुलनामा चालु आवको जेठ मसान्तसम्म आइपुग्दा सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये २० वटाको नाफामा ०.५४ प्रतिशतदेखि ८१.६४ प्रतिशतसम्म भएको छ।

पहिलो शीर्षस्थानमा प्रभु बैंक रहेको छ। प्रभु बैंकले गत आर्थिक वर्षको असार मसान्तमा १ अर्ब ३६ करोड ६९ लाख रुपियाँ खुद नाफा आर्जन गरेको थियो। जसमा चालु आवको जेठ मसान्तसम्म आइपुग्दा ८१.६४ प्रतिशतले वृद्धि गरी २ अर्ब ४८ करोड २९ लाख रुपियाँ पुर्याएको छ।

कुमारी बैंकले चालू आवको जेठ मसान्तसम्म आइपुग्दा ७१.२५ प्रतिशतले वृद्धि गरेर २ अर्ब १० करोड ५ लाख रुपियाँ नाफा आर्जन गरेको छ। बैंकले गत आवको असार मसान्तसम्म १ अर्ब २२ करोड ६५ लाख रुपैयाँ खुद नाफा गरेको थियो। 

मेगा बैंकले चालु आवको जेठ मसान्तसम्म आइपुग्दा ६२.९२ प्रतिशतले नाफा वृद्धि गरी २ अर्ब ४७ करोड ७२ लाख रुपियाँ कमाएको छ। गत आवको असार मसान्तसम्म बैंकले १ अर्ब ५२ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

नेपाल बंगलादेश बैंकले पनि चालू आवको जेठ मसान्तसम्म बैंकले ६०.३४ प्रतिशतले थप गरी १ अर्ब ९९ करोड ५५ लाख रुपियाँ कमाएको छ। तर, गत आवको असार मसान्तसम्म बैंकले १ अर्ब २४ करोड ४५ लाख रुपियाँ खुद नाफा गरेको थियो। 

सिभिल बैंकले  पनि ३१.७७ प्रतिशतले वृद्धि गरी ६० करोड २१ लाख रुपियाँ खुद नाफा कमाएको छ। गत आवको असार मसान्तसम्म बैंकले ४५ करोड ७० लाख रुपियाँ खुद नाफा आर्जन गरेको थियो। त्यस्तै, एनएमबी बैंकले पनि ३१.२९ प्रतिशतले वृद्धि गरी २ अर्ब ९८ करोड १२ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ। तर, गत आवको असार मसान्तसम्म बैंकले २ अर्ब २७ करोड ६ लाख रुपियाँ खुद नाफा आर्जन गरेको थियो। 

सिद्धार्थ बैंकले गत आवको असार मसान्तसम्म २ अर्ब ९ करोड २७ लाख रुपियाँ खुद नाफा आर्जन गरेको थियो। जसमा २८.४७ प्रतिशतले खुद नाफा वृद्धि गरी २ अर्ब ६८ करोड ८५ लाख रुपियाँ पुर्याएको छ। त्यस्तै, नबिल बैंकले पनि २४.२४ प्रतिशतले वृद्धि गरी ४ अर्ब ४३ करोड ११ लाख रुपियाँ खुद नाफा कमाएको छ । तर, गत आवको असार मसान्तसम्म बैंकले ३ अर्ब ५६ करोड ६६ लाख रुपियाँ खुद नाफा आर्जन गरेको थियो। 

एनसिसी बैंकले २२.५३ प्रतिशतले खुद नाफा वृद्धि गरी १ अर्ब ३८ करोड ५७ लाख रुपियाँ कमाएको छ। तर, गत आवको असार मसान्तसम्म बैंकले १ अर्ब १३ करोड ९ लाख रुपियाँ खुद नाफा आर्जन गरेको थियो। त्यस्तै, सिटिजन्स बैंकले पनि ५७.८१ प्रतिशतले खुद नाफा वृद्धि गरी १ अर्ब ७६ करोड १२ लाख रुपियाँ पुर्याएको छ। गत आवको असार मसान्तसम्म बैंकले १ अर्ब ११ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  

प्राइम बैंकले चालु आवको जेठ मसान्तसम्म ४९.५६ प्रतिशतले नाफा वृद्धि गरी खुद नाफा ३ अर्ब ४२ करोड ९० लाख रुपियाँ कायम गरेको छ। गत आवको असार मसान्तसम्म बैंकले २ अर्ब २९ करोड २८ लाख रुपियाँ खुद नाफा आर्जन गरेको थियो। यता, ग्लोबल आइएमई बैंकले पनि ३९.४५ प्रतिशतले नाफा वृद्धि गरी ४ अर्ब ३० करोड ६२ लाख रुपियाँ पु¥याएको छ। गत आवको असार मसान्तसम्म बैंकले ३ अर्ब ८ करोड ८० लाख रुपियाँ खुद नाफा आर्जन गरेको थियो। 

माछापुच्छ्रे« बैंकले पनि ३४.१० प्रतिशतले नाफा वृद्धि गरी १ अर्ब ६७ करोड ८९ लाख रुपियाँ पु¥याएको छ। गत आवको असार मसान्तसम्म बैंकले १ अर्ब २५ करोड २० लाख रुपियाँ खुद नाफा आर्जन गरेको थियो। यता, नेपाल इन्भेष्टमेन्ट बैंकले ३२.८० प्रतिशतले नाफा वृद्धि गरी ३ अर्ब ४१ करोड ५१ लाख रुपियाँ पु¥याएको छ। गत आवको असार मसान्तसम्म बैंकले २ अर्ब ५७ करोड १६ लाख रुपियाँ खुद नाफा आर्जन गरेको थियो।

सानिमा बैंकले ३२.५३ प्रतिशतल नाफा वृद्धि गरी २ अर्ब २५ करोड ७५ लाख रुपियाँ पुर्याएको छ। गत आवको असार मसान्तसम्म बैंकले १ अर्ब ७० करोड ३३ लाख रुपियाँ खुद नाफा आर्जन गरेको थियो। एनआइसी एसिया बैंकले नाफा १७.५२ प्रतिशतले वृद्धि गरी ३ अर्ब ६६ करोड ८४ लाख रुपैयाँ पुर्याएको छ। गत आवको असार मसान्तसम्म बैंकले ३ अर्ब १२ करोड १४ लाख रुपियाँ खुद नाफा आर्जन गरेको थियो।

बैंक अफ काठमान्डूले पनि नाफा १५.३५ प्रतिशतले वृद्धि गरी १ अर्ब ७४ करोड ३४ लाख रुपियाँ पुर्याएको छ। गत आवको असार मसान्तसम्म बैंकले १ अर्ब ५१ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यता, नेपाल बैंकले गत आवको असार मसान्तसम्म २ अर्ब ५५ करोड ६४ लाख रुपियाँ खुद नाफा आर्जन गरेको थियो। तर, चालू आवको जेठ मसान्तसम्म १०.१३ प्रतिशतले वृद्धि गरी २ अर्ब ८१ करोड ५३ लाख रुपियाँ कमाएको छ।

सनराइज बैंकले नाफा ५.०३ प्रतिशतले थप गरी १ अर्ब ४६ करोड २९ लाख रुपियाँ कमाएको छ। गत आवको असार मसान्तसम्म बैंकले १ अर्ब ३९ करोड २८ लाख रुपियाँ खुद नाफा कमाएको थियो। यता, लक्ष्मी बैंकले पनि नाफा ०.५४ प्रतिशतले वृद्धि गरी १ अर्ब ४९ करोड २८ लाख रुपियाँ कमाएको छ। गत आवको असार मसान्तसम्म बैंकले १ अर्ब ४८ करोड ४७ लाख रुपियाँ खुद नाफा कमाएको थियो। 

Logo