अशोक लेलैण्ड र माछापुच्छ्रे बैंकबिच सम्झौता पत्रमा हस्ताक्षर

अशोक लेलैण्ड र माछापुच्छ्रे बैंकबिच सम्झौता पत्रमा हस्ताक्षर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आइएमईग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लिद्वारा प्रवर्धित अशोक लेलैण्ड र माछापुच्छ्रे बैंकबिच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौता अनुरुप आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले माछापुच्छ्रे बैंकबाट योग्य व्यक्ति तथा संस्थाहरुलाई परिपत्र तथा सहुलियतपूर्ण कर्जाहरु लगानी गर्न साथै ब्याज अनुदान सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यसै अनुरुप बैंकको नीति अनुसार ग्राहकहरुलाई भारतीय कम्पनी अशोक लेलैण्डद्वारा निर्मित र आइएमई मोटर्सद्वारा बिक्रिवितरण गरिएका डस्ट मोडलका सम्पूर्ण सवारी साधन खरिद गर्नका लागि बिनाधितो कम्तिमा खरिद मूल्यको ६० (साठी) प्रतिशतसम्मको सहुलियतपूर्ण कर्जा उपलब्ध गर्ने सुविधा प्राप्त भएको छ ।

यो कर्जा प्रवाहको सुविधा अधिकतम ७ वर्ष सम्मको लागि मासिक किस्ता तिर्ने आधारमा गर्ने भएको छ । यो सुविधा अशोक लेलैण्डद्वारा निर्मित र आइएमईमोटर्सद्वारा बिक्रिवितरण गरिएका अन्य सवारी साधनमा पनि बैंकको नीति नियमभित्र रहीकर्जा प्रवाह गर्ने भएको छ । अब आइएमईमोटर्सको कमर्सियल गाडीहरु खरिद गर्न चाहने खरिदकर्ताले माछापुच्छ्रे बैंकको जुनसुकै शाखामार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् ।

यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधाप्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताए ।

Logo