घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै?

घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै?

केन्द्रबिन्दु
0
Shares

साताको दोस्रो दिन आज सुनको मूल्य घटेको छ। सुन आज २ सयले घटेको हो । सुन आइतबार स्थिर थियो। 

गत हप्ता आइतबार २ सयले बढेको सुन सोमबार स्थिर भएको थियो। मंगलबार ३ सयले बढेको थियो। यस्तै बुधबार ४ सयले बढेको थियो भने बिहीबार १ सयले बढेको थियो। शुक्रबार पनि १ सयले बढेको थियो।

आज छापावाला सुनको प्रतितोला ९२ हजार २ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९१ हजार ७ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य भने आज ५ रुपैयाँ घटेको छ। चाँदी आज एक हजार ३१० मा कारोबार भइरहेको छ।

Logo