सर्वोच्चको फैसलाको असर शेयर बजारमा पनि, ४५ अंकले घट्यो नेप्से

सर्वोच्चको फैसलाको असर शेयर बजारमा पनि, ४५ अंकले घट्यो नेप्से

केन्द्रबिन्दु
0
Shares

गत विहीबार र साताको पहिलो दिन आइतबार बढेको नेप्से परिसूचक सोमबार गिरावट आएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक गरेको प्रतिनिधिसभा विघटन बदर गर्दै सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी भएपछि शेयर बजार ४५ अंकले गिरावट आएको हो।

आइतबार ७३ अंकले बढेको बजार सोमबार ४५ अंकले घटेर २ हजार ८५४ विन्दुमा पुगेको छ । ९० हजार पटक भन्दा बढी शेयर कारोबार भइ नौ अर्ब ३० करोड रुपैयाँ बराबरका एक करोड ५२ लाख कित्ता शेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका २२९ कम्पनीको शेयर कारोबारमा १० वटा कम्पनीको मात्रै मूल्य बढेको छ। बाँकी सबै कम्पनीको शेयर मूल्य घटेको छ।

मूल्य बढ्नेमा समृद्धि फाइनान्स तथा अन्य कम्पनीको शेयर मूल्य एकदेखि पाँच प्रतिशतले बढेको छ । युनियन हाइड्रो, खानीखोला हाइड्रो र शिवश्री हाइड्रोपावर लगायतका कम्पनीको शेयर मूल्य घटेको छ।

Skip This
Skip This
Logo