लकडाउन र निषेधाज्ञा खुला भएसँगै इन्धन खपत बढ्दै

लकडाउन र निषेधाज्ञा खुला भएसँगै इन्धन खपत बढ्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

लकडाउन र निषेधाज्ञा खुला भएसँगै सवारीसाधन चल्न थालेपछि इन्धनको खपत बढ्न थालेको छ । इन्धनको खपत बढ्न थालेपछि आयातसमेत बढ्दै गएको नेपाल आयल निगमले जानकारी दिएको छ ।

कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउन र निषेधाज्ञाको बेला खपत घटेर २५ प्रतिशतमा सीमित रहेकोमा अहिले बढेर ५० प्रतिशतमा पुगेको निगमले जानकारी दिएको छ । निषेधाज्ञा खुला गरेपछि निजी तथा सार्वजनिक सवारी चल्न थालेसँगै इन्धनको खपत क्रमिक रूपमा बढ्न थालेको हो ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले सवारी साधन पूर्णरूपमा चल्न थालेकाले इन्धनको खपत बढ्न थालेको जानकारी दिए । उनका अनुसार सामान्य अवस्थामा मासिक पेट्रोल ४२ हजार ७ सय ८७ किलोलिटर, डिजेल, १ लाख २३ हजार ३ सय २९, मट्टीतेल १ हजार ४ सय ९५ तथा हवाई इन्धन ११ हजार ८ सय ३० किलोलिटर र एलपी ग्यास ३७ हजार ८ सय ६१ टन खपत हुने गरेको थियो ।

निगमका अनुसार गत साउन महिनामा ४३ हजार ८ सय किलोलिटर पेट्रोल खपत भएकोमा भदौ महिनामा घटेर २८ हजार ७ सय ८६ किलोलिटर भएको थियो । यस्तै, २० असोजसम्म पेट्रोलको खपत बढेर २९ हजार ८ सय ३० किलोलिटर पुगेको छ । यस्तै, साउनमा डिजेल ७९ हजार ५ सय २५ किलोलिटर खपत भएकोमा भदौमा ६८ हजार ८ सय ३६ किलोलिटर खपत भएको थियो । असोज २० गतेसम्म खपत बढेर ७६ हजार ३७ किलोलिटल पुगेको निगमको तथ्यांक छ ।

यस्तै, साउन महिनामा हवाई इन्धन २ हजार २ सय ७६ किलोलिटर खपत भएकोमा भदौमा १ हजार ८ सय ५८ किलोलिटर खपत भएको थियो । असोजमा ३ हजार ४ सय ७२ किलोलिटर खपत भएको छ । असोजदेखि दैनिकजसो इन्धन खपत बढ्दै गएको निगमको भनाई छ । अहिले औषतमा दैनिक पेट्रोल १ हजार ४ सय ९२ किलोलिटर, डिजेल, ३ हजार ३ सय ५२ र हवाई इन्धन एक सय ७४ किलोलिटर खपत हुने गरेको निगमको भनाई छ ।कारोबारबाट

Logo