बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै?

बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै?

केन्द्रबिन्दु
0
Shares

साताको पाँचौं दिन आज पनि सुनको मूल्य बढेको छ। सुन आज ५ सयले बढेको हो। सुन आइतबार स्थिर थियो भने सोमबार २ सयले घटेको थियो। मंगलबार २ सयले बढेको थियो । यस्तै बुधबार ३ सयले बढ्यो।

गत हप्ता आइतबार २ सयले बढेको सुन सोमबार स्थिर भएको थियो। मंगलबार ३ सयले बढेको थियो। यस्तै बुधबार ४ सयले बढेको थियो भने बिहीबार १ सयले बढेको थियो। शुक्रबार पनि १ सयले बढेको थियो।

आज छापावाला सुनको प्रतितोला ९३ हजार २ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९२ हजार ७ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य भने आज ५ रुपैयाँ बढेको छ। चाँदी आज एक हजार ३२० मा कारोबार भइरहेको छ।

Logo