खाद्यपदार्थको गुणस्तरमा नयाँ मापदण्ड, उल्लंघन गरे ५० हजारसम्म जरिवाना

खाद्यपदार्थको गुणस्तरमा नयाँ मापदण्ड, उल्लंघन गरे ५० हजारसम्म जरिवाना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पुष्टकारी, गुँदपाक, चिउरा र दालमोठ भुजियाको गुणस्तर सम्बन्धी मापदण्ड तय भएको छ । कृषि, पशुपन्छी विकास मन्त्रालयले हालै तय गरेका मापदण्ड मन्त्रिपरिषदबाट पारित भई कार्यान्वयनमा आइसकेका छन् ।

उक्त मापदण्डमा ती खाद्यवस्तुको उत्पादनदेखि प्याकेजिङ तथा लेबलिङसम्म गर्दा खाद्य नियमावली २०२७ ले तोके बमोजिम हुनुपर्ने उल्लेख छ । सरकारले तोकेको मापदण्ड अनुसार उत्पादन नभएको पाइए बढीमा पचास हजार जरिवाना वा पाँच वर्षसम्म कैद सजाय वा दुवै कारबाही गर्न सकिने व्यवस्था छ । सो मापदण्डमा यी खाद्यवस्तु उपभोगका लागि प्याक गरिएका सबै वस्तु पर्छन् ।

अनुगमन गरी नमुना सङ्कलन गरिने

खाद्य, प्रविधि तथा गुणनियन्त्रण विभागका निर्देशक एवं प्रवक्ता मोहनकृष्ण श्रेष्ठले सरकारले लागू गरेको गुणस्तर सम्बन्धी मापदण्ड बजारमा बिक्रीका लागि तयार गरिएका सबै पुष्टकारी, चिउरा, गुँदपाक, दालमोठ लगायतमा लागू हुने जानकारी दिए । उनले गुणस्तर मापदण्ड लागू भइसकेका खाद्यवस्तुको अनुगमन गरी नमुना सङ्कलन गरिने र सङ्कलन गरिएका नमुना सरकारले तोकेको मापदण्ड नभए कारबाही प्रक्रिया सुरु गरिने जानकारी दिए।

नजिकिँदै गरेका चाडपर्वमा यी खाद्यवस्तु बढी खपत हुने भएकाले यसको गुणस्तर कार्यान्वयन भए वा नभएको बारे बुझ्न अनुगमन गरेर नमुना सङ्कलन गरेर गुणस्तर परीक्षण गरिने प्रवक्ता महर्जनले जानकारी दिए । मापदण्डविपरीत यी खाद्यवस्तु उत्पादन गरी बजार पठाएको पाइएमा दर्ता नवीकरण खारेजीदेखि पाँच वर्ष कैद, वा ५० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय गर्न सकिने उनको भनाइ छ ।

खाद्य ऐन २०२३ र खाद्य नियमावली २०२७ धेरै पुरानो भएकाले कारबाही र जरिवाना थोरै वा समय सान्दर्भिक नभएको धेरै गुनासो आएको र उक्त व्यवस्था संशोधन गर्ने प्रक्रियामा रहेको जानकारी दिए। उक्त कानुन बनेपछि भने जरिवाना र कैद सजाय १० गुणासम्म बढी गर्न सकिने व्यवस्थाको प्रस्ताव गरिएको छ ।गोरखापत्रबाट

Logo