बाबुरामको सुझाव: विदेशिएका नागरिकलाई सम्झेर बजेट बनाउनुहोस्

बाबुरामको सुझाव: विदेशिएका नागरिकलाई सम्झेर बजेट बनाउनुहोस्

केन्द्रबिन्दु
0
Shares

जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले विदेश लागेका लाखौं नागरिकलाई सम्झेर विकास नीति र बजेट बनाउन अर्थमन्त्रीलाई सुझाएका छन्।

झोला घिस्याउँदै विदेश लागेका युवा र नानी बोकेर रोजगारीका लागि हिँडेका युवाको तस्विर राख्दै भट्टराईले ट्वीट गरेका छन्, ‘कोरोना महामारीबीच झोला घिस्याउँदै हिँडेकी यी नानीसहित लालाबाला च्यापेर रोजगारीको खोजीमा विदेश लागेका लाखौं नागरिकलाई सम्झेर नयाँ अर्थमन्त्रीले विकास नीति÷बजेट बनाउँदा राम्रो होला !’

उनले अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई धेरै नारा भएको बजेट नबनाउन पनि सुझाए। बरू, ‘रोजगारीसहितको तीब्र आर्थिक वृद्धि’ मा फोकस गर्नुपर्नेमा जोड दिए।

Logo