म्याद गुज्रिएका बियर बरामद गरि नष्ट

म्याद गुज्रिएका बियर बरामद गरि नष्ट

केन्द्रबिन्दु
0
Shares

राजविराज ।

सप्तरीको राजविराज नगरको मुख्य बजारबाटै बिक्रीका लागि तयारी अवस्थामा राखिएका म्याद गुज्रिएका तीन दर्जन बियर बोतल बरामद गरिएको छ ।

संयुक्त बजार अनुगमन टोलीले बिहीबार राजविराज नगरको जनआन्दोलन चोकस्थित माँ दुर्गे ट्रेडर्सबाट तीन दर्जन म्याद गुज्रिएका बियर बरामद गरी पसल अगाडि नै नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सुरेश सिंहले जानकारी दिए।

अनुगमन टोलीले म्याद सकिएको माँ दुर्गे ट्रेडर्सबाट टुबोर्ग कम्पनीको बियर सात बोतल, किग्सफिसर कम्पनीका १३ बोतल, टुबोर्ग कम्पनीको क्यान आठ वटा बरामद गरेर नष्ट गरेको छ । ट्रेडर्समा बिक्रीको लागि फ्रिजमा राखिएको अवस्थामा बियर बरामद गरेको अनुगमन टोलीका सदस्य एवं उपभोक्ता मञ्चका अध्यक्ष राजकुमार गुप्ताले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको नेतृत्वको संयुक्त बजार अनुगमन टोलीले उक्त सामान बरामद गरेको हो । टोलीले कालोबजारीलाई नियन्त्रण गर्न, सुपथ मूल्यमा उपभोग्यबस्तु खरिदबिक्री गर्न, सरल र सहज रुपमा उपभोक्ताले उपभोग गर्न पाउने उद्देश्यले राजविराज नगरका पसलहरुको अनुगमन तीब्र पारेको सप्रजिअ घिमिरेले बताए । त्यस्तै नगरभित्रको पूजा किराना स्टोर्समा कसमिरी मिर्च २१ पोका, मसला १० पोका, नूर फ्रुट एण्ड जेनरल स्टोरमा १० पोका गुहुँको पिठो म्याद गुज्रिएको अवस्थामा बरामद गरी जलाएर नष्ट गरेको बताइएको छ । गोरखापत्रबाट

Skip This
Skip This
Logo