ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले आफ्नोे देशबाट उत्पादित जल ऊर्जालाई सम्पूर्ण क्षेत्रमा प्रयोग गरेर पेट्रोलियम पदार्थको आयात र प्रयोगलाई न्यूनिकरण गर्नुपर्ने बताएकी छिन्।
विद्युत विकास विभागको २८ औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री भुसालले पेट्रोलियम पदार्थको पहिलो विकल्पको रुपमा जल ऊर्जा भएको बताइन्। यस्तै निजी क्षेत्रले बनाउने जलविद्युत लगायतको संरचनाबाट सरकार र स्थानीय जनताले निरन्तररुपमा लाभ लिनसक्ने खालको बनाउन पनि आवश्यक रहेको बताइन्।
यो क्षेत्र अरु क्षेत्रको लगानी भन्दा सुरक्षित क्षेत्रको लगानी भएको बताउँदै मन्त्री भुसालले छिटो र स्थायित्वका लागि विशेष ध्यान दिनसमेत अनुरोध गरेकी छिन्। कार्यक्रममा बोल्दै स्वतन्त्र ऊर्जा उत्पादक संघ इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले राज्यले गर्ने व्यवहारमा परिवर्तन आउन जरुरी आएको बताए। साना उद्यमीहरुलाई कसरी सहयोग गर्ने भन्दा पनि कहाँ के अफ्ठ्याराहरु छन् भन्ने कुरा खोज्न नहुने आचार्यको भनाइ थियो । लोडसेडिङ चीनको लागि मात्रै हटेको हो, आचार्यले भने, कृषिमा हुने विद्युत खपत, घरेलु गार्हस्थ्य उपभोगमा हुने खपत अझै पनि दयनीय अवस्थामा छ। अध्यक्ष आचार्यले नेपाल अहिले ५ प्रतिशतको हाराहारीमा मात्रै विद्युतीय ऊर्जामा रहेको बताए।
त्यस्तै ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयका सचिव देवेन्द्र कार्कीले उर्जा मन्त्रालयबाट ऊर्जा सम्बन्धी कामहरुमा त्यति ढिलाइ नभएको बताए। निजी क्षेत्रलाई कसरी प्रवद्र्धन र विकास गर्न सकिन्छ भन्ने लक्ष्य राखेको उपाध्यायको भनाइ थियो।
विद्युत विकास विभागले लाइसेन्स बाँड्ने काम गरेको बताए पनि त्यसो नभएको उपाध्यायको भनाइ छ।































प्रतिक्रिया