मंगलबार सुनको मुल्य चार सयले बढ्दा चाँदी १० रुपैयाँले घट्यो

मंगलबार सुनको मुल्य चार सयले बढ्दा चाँदी १० रुपैयाँले घट्यो

केन्द्रबिन्दु
0
Shares

मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला अधिकतम ९३ हजार २०० रुपैया पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार थप ४०० रुपैयाँले मूल्य भई सुनको मूल्य ९३ हजार २०० रुपैयाँ पुगेको हो। सोमबार सुनको मुल्य ९२ हजार ९ सयमा कारोबार भएको थियो।

यस्तै मंगलबार तेजाबी सुनको मूल्य प्रति तोला ९२ हजार ७०० रुपैयाँ पुगेको छ। यो मुल्यमा पनि प्रतितोला ४०० ले बढेर कायम भएको महासंघले जनाएको छ।

यस्तै, लगातार गिरावटमा रहेको चाँदीको मूल्य मंगलबार पनि प्रतितोला १० रुपैयाँले घट्दै एक हजार २८० रुपैयाँमा झरेको महासंघले जनाएको छ।  

Skip This
Skip This
Logo