महामारी नियन्त्रणमा सहयोग गर्न निजी क्षेत्रलाई प्रधानमन्त्रीको आह्वान

महामारी नियन्त्रणमा सहयोग गर्न निजी क्षेत्रलाई प्रधानमन्त्रीको आह्वान

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ को महामारी नियन्त्रणमा सहयोग गर्न निजी क्षेत्रलाई आह्वान गरेका छन्। 

बुधवार नेपाल उद्योग परिसंघको १८ औँ वार्षिक साधारण सभामा प्रधानमन्त्री देउवाले नेपाललाई कोभिड–१९ महामारीबाट मुक्त गर्नका लागि उद्योगी तथा व्यापारीहरुले सहयोग गर्नुपर्ने धारणा राखे। उनले कोभिड–१९ महामारीको समस्या समाधान गर्नु सरकारको कर्तव्य भएको उल्लेख गर्दै महामारी नियन्त्रणमा उद्योगी, व्यापारीहरुले हातेमालो गरे छिट्टै मुक्त हुन सकिने भन्दै सहयोगका लागि आह्वान गरे। 

उनले भने– ‘कोभिडको जो समस्या छ त्यो समस्या समाधानका निम्ति नेपालका उद्योगपति व्यापारीहरुले सहयोग गर्नुपर्छ भन्ने मेरो धारणा छ । म यहीँबाट फेरि उहाँहरुलाई अनुरोध र आह्वान गर्दछु कि, नेपालमा जो महामारी फैलिएको छ । यो सरकारको कर्तव्य हो । यसलाई पालना गर्नुपर्दछ । साथै तपाईंहरुले पनि हातेमालो गरिदिनुभयो भने हामी छिट्टै यो महामारीबाट मुक्त हुन सक्छौँ भन्ने मलाई आशा छ ।’

प्रधानमन्त्री देउवाले वर्तमान अर्थमन्त्री मिहेनती भएको टिप्पणी गर्दै अर्थमन्त्रीले नेपालको अर्थतन्त्रलाई सुधार गर्नेमा विश्वास गरे। उनले भने,–‘हाम्रो अर्थमन्त्रीजी अत्यन्त मिहेनती हुनुहुन्छ । मलाई विश्वास छ, उहाँले नेपालको अर्थतन्त्रलाई पहिलेको भन्दा माथि उठाएर नेपालको आर्थिक अवस्थामा सुधार गर्नुहुनेछ। उहाँले सक्नुहुन्छ पनि। अत्यन्तै मिहेनती हुनुहुन्छ उहाँ । भिजन पनि भएको व्यक्ति हो उहाँ।’

प्रधानमन्त्री देउवाले कोभिड–१९ महामारीको कारण धराशायी बनेको अर्थतन्त्रको समुन्नत विकासको लागि निजीक्षेत्र र सरकारले हातेमालो गर्नुपर्नेमा जोड दिए।

Skip This
Skip This
Logo