एनआईसी एसिया बैंक चौबिस वर्ष पुरा गरेर पच्चिस वर्षमा प्रवेश गरेको छ। एनआईसी एसिया बैंकले आफ्नो चौबिसौं वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरुको सुविधासमेत ल्याएको छ। यस अवसरमा बैंकले २४ प्रतिशतसम्मको क्यास ब्याक छुट दिने भएको छ।
२४ प्रतिशतसम्मको क्यासब्याक योजना पाउनलाई बैंकका ग्राहकले डेबिट÷क्रेडिट कार्ड प्रयोग गरि पीओएस तथा ईकमर्शमार्फत भुक्तानी गर्नुपर्नेछ। त्यस्तै एनआईसी एशिया मोबाइल बैंकमार्फत क्युआर स्क्यान गरि भुक्तानी गर्दा २४ प्रतिशत वा अधिकतम ५०० सम्म क्यासब्याक अफर दिएको छ ।
आजसम्म आईपुग्दा वासलातको आकार, कर्जा प्रवाह, निक्षेप, स्वपुँजीमा प्रतिफल, शाखा सञ्जाल तथा एटिएमको संख्या लगायतका अधिकांश प्रमुख वित्तीय एवं गैर वित्तीय परिसूचकरूपमा देशकै सर्वोत्कृष्ट बैंक बन्न सफल भएको बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने बताउँछन्।
उनले यो २४ वर्षको अवधिमा भरोसा दर्शाइ आ–आफ्नो स्थानबाट अतुलनीय योगदान गरि सबैको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बनाइने श्रेय ग्राहकवर्ग रहेको बताए ।
त्यस्तै बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा ’डिजिटल फर्स्ट’ को रणनीति अख्तियार गर्दै डिजिटल माध्यमलाई पहिलो प्राथमिकता दिने र जुनसुकै स्थानबाट जुनसुकै समयमा पनि बैंकिंग सेवाहरु उपभोग गर्न मिल्ने गरि ’सेल्फ हेल्पÞm’ तथा ’लाइफ स्टाइल’ बैंकिंगको अवधारणा अंगिकार गर्ने रणनीति लिएको छ।
बैंकले दुर्गम जिल्लाहरू मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान आदि तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिती नरहेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा समेत शाखा सञ्जाल विस्तार गरि वित्तीय पहुँच विस्तारमा समेत गर्न उल्लेख्य योगदान पुर्याएको छ।
२४ वर्षसम्ममा आइपुग्दा एनआईसी एसिया ३५६ शाखा, ७० विस्तारित काउण्टर, ८१ शाखारहित बैंकिङ्ग सेवा तथा ४७१ एटिएमसहितको ठूलो संजाल भएको बैंक बनेको छ। बैंकले २७ लाख ३६ हजार भन्दा बढी निक्षेप खाता एवं ९१ हजार भन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजार भन्दा बढी खाताहरु मार्फत बैंकिंग सेवा प्रदान गर्दै आएको छ।





























प्रतिक्रिया