नेप्से परिसूचकले अहिलेसम्मका सबै उच्च अंकका रेकर्डहरु तोडेको छ। साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ५४.३१ अंकले बढेर ३ हजार ५८.६३ विन्दुमा पुगेको छ।
४१ दिनअघि नेप्सेले सबै रेकर्ड तोड्दै ३ हजार अंक क्रस गर्दै ३ हजार २५.८३ बिन्दुमा पुगेको थियो भने कारोबार रकमसमेत १९ अर्ब ५२ करोडमाथि पुगेर नयाँ रेकर्ड कायम गरेको थियो।
आज कारोबारमा आएका २२३ कम्पनीको ४ करोड ४१ लाख १४ हजार ७६० कित्ता सेयर १४ अर्ब ५० करोड २३ लाख ६५ हजार १४८ रुपैयाँमा कारोबार भएको छ। पछिल्लो एक महिनाको भन्दा कारोबार रकमसमेत उच्च भएको छ।
आज कारोबारमा आएका १४५ कम्पनीको शेयर मूल्य बढ्दा ६६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । साथै ११ वटा कम्पनीको शेयर मूल्य स्थिर छ । नेप्से उपसमूहतर्फ बैंकिङ उपसमूह ३.४३ र जलविद्युत उपसमूहतर्फ २.३९ प्रतिशतले बढेको छ । बैंकिङ समूहको मात्रै ७२ अंकले बढेको छ।
त्यस्तै व्यापार २, विकास बैंक १३, जलविद्युत ७१, फाइनान्स २४, निर्जीवन बीमा ४८, उत्पादन ७१, अन्य ६, माइक्रोफाइनान्स ८६ र जीवन बीमा समूह ३० अंकले बढेका छन्।
तर होटल तथा पर्यटन भने २२ अंकले घटेको छ। होटल तथा पर्यटन समूहबाहेक सबैजसो बढेका छन्। जोशी हाइड्रो, हिमालय ऊर्जा विकास, सपोर्ट माइक्रोफाइनान्स, राधि विद्युत, कालिका पावर, युनिभर्सल पावर, विशाल बजार, पन्चकन्या माइ र ङादी गु्रपको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ।































प्रतिक्रिया