मेलम्चीका वाढी पीडित सव–डिलरहरुलाई डिशहोमको राहत सहयोग

मेलम्चीका वाढी पीडित सव–डिलरहरुलाई डिशहोमको राहत सहयोग

केन्द्रबिन्दु
0
Shares

गएको महिना असारको पहिलो सातामा आएको विनासकारी वाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची बजारमा अतुलनिय क्षती पुग्यो। 

मेलम्ची खोला छेउको ३ दर्जनभन्दा बढी घर पूर्णक्षति भयो भने सयौ घरहरु प्रभावित भए। खोला थुनिएर बस्तीमा लेदोसहितको वाढी पस्दा मेलम्ची बजारमा व्यापार व्यवसाय गरेर बस्ने व्यवसायीहरुले सवैभन्दा ठूलो क्षति वेहोर्नु पर्यो। वाढीका कारण क्षति पुगेका घरहरुमा संचालनमा रहेका पसलको सामान वगाउँदा तथा पानीका कारण सामानहरुमा पूर्णरुपमा क्षति पुग्दा व्यवसायीहरुले लाखौंको क्षति बेहोरे जसमा डिशहोमका आधिकारीक सव–डिलरहरुसमेत अछुतो रहेनन्।

डिशहोमको सुरुवाती समयदेखि डिलरको रुपमा जोडिएका व्यवसायीले संचालन गरिरहेको पसलमा बाढीका कारण सम्पूर्ण सामानसँगै डिशहोमको उपकरण (एण्टेना, सेटटप बक्स) मा समेत क्षति पुगेको जानकारी भए अनुसार त्यसक्षेत्रमा रहेका डिशहोमका ग्राहकहरुलाई रिचार्ज तथा अन्य आवश्यक सहयोग उपलव्ध गराउन सहज होस् भन्ने उद्धेश्यले प्रत्यक्ष रुपमा अति प्रभावित मेलम्चीका ५ जना सव–डिलरहरुलाई जनही १ लाख रुपैयाँ राहतस्वरुव प्रदान गरिएको छ। 

डिशहोमको तर्फवाट रिजनल सेल्स म्यानेजर मनोज शर्मा र एरिया सेल्स म्यानेजर उज्वल न्यौपानेले राहत रकम हस्तान्तरण गरेका हुन्। बाढीबाट अति प्रभावित सव–डिलर झलकबहादुर पण्डित, नेत्रबहादुर खड्का, दुलाल फोटो स्टुडियो, नवराज आचार्य र दिनेश बरुवाललाई राहत रकम प्रदान गरिएको हो। यस राहत रकमको माध्यमबाट पीडित सव–डिलरहरुलाई थौरै मात्रामा भए पनि राहत महसुस हुनुका साथै आफ्नो व्यवसायलाई पुनः सुचारु गर्नका लागि सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ। 

Logo