सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणः धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई ३ दिने स्पष्टिकरण

सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणः धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई ३ दिने स्पष्टिकरण

केन्द्रबिन्दु
0
Shares

सर्वोत्तम सिमेन्टको शेयर खरिद विवादमा आएपछि अर्थ मन्त्रालयले धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई बिहीबार ३ दिने स्पष्टिकरण सोधेको छ ।

बोर्डका अध्यक्ष ढुंगानाले अमेरिकमा बस्ने छोरी रेबिकाका नाममा सर्वोत्तम सिमेन्टको १० हजार कित्ता शेयर खरिद गरेको सम्बन्धमा यथार्थ तथ्य के हो भन्दै तीन दिनभित्र स्पष्टीकरण दिन अर्थ मन्त्रालयले निर्देशन दिएको छ।

अर्थ मन्त्रालयको वित्तीय क्षेत्र समन्वय महाशाखाका शाखा अधिकृत श्यामप्रसाद आचार्यको हस्ताक्षर रहेको पत्रमा ३ दिनभित्र स्पष्टिकरण पेश गर्न भनिएको हो । 

‘विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएका बोर्डसँग सम्बन्धित यस मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै सञ्चारमाध्यममा आएको उक्त विषयवस्तुको सत्य, तथ्य, यथार्थ के हो र तथ्यपरक विवरण ३ दिनभित्र मन्त्रालयमा उपलब्ध गराइदिनु हुन आदेशानुसार अनुरोध छ,’ पत्रमा भनिएको छ ।


 

 

Skip This
Skip This
Logo