अर्थमन्त्री जनार्दन शर्माले आफूले तयार पार्ने भनेको श्वेतपत्रले कसैको कमजोरी नभएर अर्थतन्त्रको यथार्थ चित्रण गर्ने जिकिर गरेका छन्। बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का पदाधिकारीहरुसँगको भेटमा उनले यस्तो बताएका हुन्।
‘श्वेतपत्र जारी गर्दा कसैको अबमूल्यन गर्ने काम गर्दिनँ। श्वेतपत्रले यथार्थ चित्रण गर्छ । राम्रो कि नराम्रो मूल्यांकन गर्ने जिम्मा सर्वसाधारणको हो’, शर्माले भने।
आफ्नो कुरा प्रस्तुत गर्दा कसैलाई गलत नदेखाउने आफ्नो मान्यता रहेको उनले बताए । ‘श्वेतपत्र कसैलाई गल्ती देखाउन र आफूलाई हिरो देखाउन ल्याइने होइन । यही हो भने फिल्म खेल्ने गए भइहाल्छ नि’, मन्त्री शर्माले भने।
आफूलाई जे लाग्छ, त्यतिमात्र बोल्ने र विगतको समीक्षा गरेर कसले कति गर्यो, गरेन पनि नभन्ने उनले बताए।
मन्त्री शर्माले उपभोक्तामुखी अर्थतन्त्र बनाउने आफ्नो कार्यकालको मुल योजना रहेको पनि बताएका छन्। नयाँ सरकार गठन भएको स्थितमा आर्थिक अध्यायदेश संसदमा टेबल भएको बताउँदै उनले यसलाई टुङ्ग्याउन बाँकी रहेको तथा बुझ्न पनि आवश्यक रहेको बताए।





























प्रतिक्रिया