पाँच सयले बढ्यो सुनको मूल्य, कति छ आज?

पाँच सयले बढ्यो सुनको मूल्य, कति छ आज?


साताको अन्तिम दिन आज पनि सुनको मूल्य बढेको छ। आज सुन प्रतितोला ५ सयले बढेको हो। 

यो हप्ता आइतबार १ सयले घटेको थियो। सोमबार १ सयले बढेको थियो। यस्तै मंगलबार ३ सयले घटेको थियो भने बुधबार ३ सयले नै बढेको थियो। बिहीबार ३ सयले बढेको सुन आज ५ सयले बढेको हो ।

गत हप्ता आइतबार ६ सयले घटेको थियो। सोमबार २ सयले बढेको थियो भने मंगलबार ४ सयले बढेको थियो। यस्तै बुधबार सुन सात सयले नै घटेको थियो। बिहीबार पनि ७ सयले नै घटेको थियो भने शुक्रबार ३ सयले बढेको थियो।

आज छापावाला सुनको प्रतितोला ९२ हजार ९ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९२ हजार ४  सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य भने आज १५ रुपैयाँले बढेको छ। चाँदी आज एक हजार २८५ मा कारोबार भइरहेको छ।

Logo