काठमाडौं ।
नेपाली बजारमा आज सुनको भाउ घटेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला २ सय रुपैयाँले बढेको सुन सोमबार ४ सयले घटेको थियो । मंगलबार सुन एकै दिन ८ सयले बढेको थियो । आज बुधबार सुन ८ सयले नै घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाल सुन ९४ हजार १०० मा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुनको आजको मूल्य ९३ हजार ६ सय कायम गरिएको छ ।
यता चाँदीको भाउ पनि आज घटेको छ । आज चाँदी २५ रुपैयाँले घट्दै १ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
अघिल्लो साता पनि सुनको मूल्यमा घटबढ भइरहेको थियो ।































प्रतिक्रिया