सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

केन्द्रबिन्दु
0
Shares

साताको चौथो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। सुन आज ३ सयले घटेको हो। 

यस हप्ता आइतबार ५ सयले घटेको थियो। सोमबार सुन प्रतितोला १ सयले घटेको थियो भने मंगलबार स्थिर रहेको थियो।

गत हप्ता आइतबार १ सयले घटेको थियो। सोमबार १ सयले बढेको थियो। यस्तै मंगलबार ३ सयले घटेको थियो भने बुधबार ३ सयले नै बढेको थियो। बिहीबार ३ सयले बढेको सुन शुक्रबार ५ सयले बढेको थियो।

आज छापावाला सुनको प्रतितोला ९२ हजार मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९१ हजार ५ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य भने आज १० रुपैयाँले बढेको छ। चाँदी आज एक हजार २८५ मा कारोबार भइरहेको छ।

Skip This
Skip This
Logo