राष्ट्र बैंकको सञ्चालकमा अर्थ सचिव मधुकुमार मरासिनी नियुक्त

राष्ट्र बैंकको सञ्चालकमा अर्थ सचिव मधुकुमार मरासिनी नियुक्त

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकको सञ्चालकमा अर्थ सचिव मधुकुमार मरासिनी नियुक्त भएका छन् । 

बुधबार अर्थ सचिव मरासिनी नेपाल सरकारको प्रतिनिधित्व गर्दै राष्ट्र बैंकको सञ्चालकमा नियुक्त भएका छन् ।

राष्ट्र बैंकमा यस अघि तत्कालीन अर्थ सचिव शिशिरकुमार ढुंगाना सञ्चालक रहेका थिए । ढुंगानाको अर्थमन्त्रालयबाट सरुवा भएपछि मरासिनी अर्थसचिवको रूपमा सञ्चालक बनेका छन्। 

सञ्चालक नियुक्त भएपछि मरासिनीले बुधबार सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीसमक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

Skip This
Skip This
Logo